पूर्णबहादुर खड्का प्रतिनिधिसभा निर्वाचन नलड्ने
सारांश
- नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का फागुन २१ गते हुने निर्वाचन नलड्ने भएका छन्।
- खड्का सुर्खेत-१ बाट एकल सिफारिसमा भए पनि चुनाव नलड्ने निर्णयमा पुगेका छन्।
- उनले पार्टीलाई एकजुट बनाउन देशभर प्रचार प्रसार गर्ने बताएका छन्।
काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नलड्ने भएका छन् ।
सुर्खेत–१ बाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल सिफारिसमा भएका खड्का प्रचार– प्रसारका लागि देशभर जाने तर निर्वाचन नलड्ने निर्णयमा पुगेका उनी निकट स्रोतले जानकारी दियो ।
‘उहाँ (पूर्णबहादुर खड्का) निर्वाचन नलड्ने निर्णयमा पुग्नुभयो । तर, चुनाव प्रचार–प्रसारका लागि देशभर जानुहुन्छ । पार्टीलाई जिताउन लाग्नुहुन्छ,’ खड्का निकट स्रोतले भन्यो ।
उनले पार्टीलाई एक ढिक्का बनाउन देशभर रुख र चार तारे झण्डाको प्रचार प्रसारका लागि जाने बताएको उनका एक सहयोगीले जानकारी दिए ।
नेता खड्काले सर्वोच्च अदालतमा दाय गरेको मुद्दामा जुनसुकै फैसला आए पनि कांग्रेसलाई एक ढिक्का बनाउन लाग्ने आफूनिकट नेताहरूसँग बताएको ती सहयोगीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मार्को रुबियो चीन र रुससँग भेट्न तयार
-
मधेस प्रदेशमा सवारी दुर्घटना बढे पनि मृत्युदर घट्यो
-
ककरोच जनता पार्टीका संस्थापक अभिजीत दीपकेको अनशन अन्त्य
-
संसदीय सुनुवाइ समिति बैठक आह्वान, प्रस्तावित निर्वाचन आयुक्तहरूको सुनुवाइ हुने
-
बाँके राष्ट्रिय निकुञ्जमा पूर्वसूचना प्रणाली जडान
-
नेपालमा बालयौन दुराचारको अभियोगमा सजाय काटेका कुम्ब्स अमेरिकमा पनि दोषी ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण