कास्की–१ मा रास्वपाबाट गणेश पौडेल उठ्ने
सोमबार, ०५ माघ २०८२, १४ : ३२
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीबाट कास्की-१ मा खड्कराज पौडेलले चुनाव लड्ने भएका छन्।
- उनले आफ्नो उम्मेदवारी जेनजी आन्दोलनका सहिद र घाइतेप्रति समर्पित गर्ने बताएका छन्।
- पौडेलले राजनीतिक यात्रा आम मतदाताको साथ, सुझाव र आलोचनासँगै अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीबाट कास्की–१ मा खड्कराज पौडेल (गणेश) चुनाव लड्ने भएका छन् । बालेन्द्र साह हुँदै रास्वपा प्रवेश गरेका उनी अहिले केन्द्रीय सदस्य हुन् ।
टिकट पाएसँगै पौडेलले आफ्नो उम्मेदवारी जेनजी आन्दोलनका सहिद र घाइतेप्रति समर्पित गर्ने बताएका छन् । ‘यो चयन हुनु मेरो व्यक्तिगत उपलब्धि मात्र होइन, विश्वास र जिम्मेवारीको गह्रुँगो बोझ हो,’ उनले भने, ‘यो भरोसाका लागि पार्टी नेतृत्व र शुभेच्छुकप्रति कृतज्ञ छु ।’
उनले आफ्नो राजनीतिक यात्रा आम मतदाताको साथ, सुझाव र आलोचनासँगै अघि बढ्ने प्रतिबद्धता जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वार्ताका लागि पाकिस्तान पुगे इरानी राष्ट्रपति र विदेशमन्त्री
-
रास्वपाका सदस्य ५ लाख २३ हजार, सबैभन्दा धेरै मधेसमा
-
एमआरपीभन्दा बढी मूल्य लिएर बिल नदिने दुई कम्पनीलाई ४ लाख ४० हजार जरिवाना
-
विनोद शाही हत्या प्रकरणमा कांग्रेस नगर सभापतिसहित ६ जनालाई जन्मकैद
-
आयोजना निर्देशकलाई प्रश्न : सुकुमबासीलाई होल्डिङ सेन्टर छोड्न ५ दिने अल्टिमेटम किन दिएको ?
-
‘प्रदेश मन्त्री निवासमा छापा मार्ने प्रहरीमाथि कारबाही प्रक्रिया सुरु’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण