राजनीति
कांग्रेसले टुङ्ग्यायो हिमाली जिल्लाका उम्मेदवार
सोमबार, ०५ माघ २०८२, १४ : ४७
काठमाडौँ । नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा पार्टीका उम्मेदवार टुङ्ग्याएको छ ।
सहमहामन्त्री फरमुल्लाह मन्सुरले हिमाली जिल्लामा पार्टीका उम्मेदवारको नाम टुङ्गिएको जानकारी दिए । ‘हिमाली जिल्लाका टुङ्ग्याएका छौँ । केही नाम मिलाउन बाँकी छ,’ सहमहामन्त्री मन्सुरले रातोपाटीसँग भने ।
केही मिलाउन बाँकी नाम टुङ्गिएपछि सार्वजनिक गरिने मन्सुरले जानकारी दिए । विशेष महाधिवेशनपछि पार्टीमा देखिएको विवादकाबिच सहमतिमा हिमाली जिल्लामा उम्मेदवार टुङ्ग्याइएको नेताहरूले बताएका छन् ।
अन्य जिल्लामा उम्मेदवार टुङ्ग्याउन नेताहरू वार्तामा रहेको र अपराह्नसम्म टुंगिसक्ने जानकारी उनले दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायली प्रधानमन्त्रीका दाजु ५० वर्षअघि कुन मिसनमा मारिएका थिए ?
-
जिप्रका रूपन्देहीद्वारा २७ हजार ४६२ नागरिकता वितरण
-
फिल्म ‘रोल नं १’ ले डेढ करोड बढी कमाउँदा ‘कुम्भ’ ले कमायो ४ लाख !
-
अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा
-
पेप्सी उत्पादक ‘वरुण बेभरेज’ लाई ३ दिनभित्र कागजातसहित हाजिर हुन निर्देशन
-
कक्षा १२ को नतिजाको विश्वसनीयतामाथि प्रश्न : आन्दोलनको तयारीमा विद्यार्थी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण