रवि लामिछानेको उद्घोष : देशले बालेन पायो, अब सरकारले जुनसुकै मुद्दा लगाओस्
सारांश
- रास्वपा सभापति रवि लामिछानेले आफूमाथि मुद्दा लागे पनि चिन्ता नभएको बताए, किनभने देशले बालेन पाएको छ।
- उनले मधेसले आफ्नो सपना खोसेर लिने र चितवनमा सरकारले छलछाम गरेको आरोप लगाए।
- लामिछानेले बालेन शाहसँगको भेटबारे कुरा गर्दै देशको हितलाई केन्द्रमा राखेर सहमति गरेको दाबी गरे।
जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूमाथि सरकारले जस्तोसुकै मुद्दा लगाए पनि अब चिन्ता नभएको बताएका छन् । देशले बालेन पाएकाले आफू जेल गए पनि फरक नपर्ने उनको भनाइ छ । सोमबार जनकपुरधाममा आयोजित रास्वपाको जनसभालाई सम्बोधन गर्दै लामिछानेले उक्त कुरा बताएका हुन् ।
लामिछानेले भने– ‘कुनै दिन अपदस्थ भएर हेलिकप्टर चढेर भागेको सरकारले, बच्चालाई टाउको र छातीमा ताकेर गोली हानेको सरकारले ममाथि लगाएको मुद्दा मलाई कुनै पनि दिन जेल पुर्याउला मलाई अब चिन्ता छैन किनकि देशले बालेन पाएको छ ।’
उनले मधेसले उन्नत बिउ रोपेको र अहिलेको अवस्थालाई ‘हिलोको बिउ’ भएको संज्ञा दिँदै मधेसले आफ्नो सपना खोसेर लिने बताए ।
चितवनको जनताले संसद्कै सबैभन्दा धेरै भोट दिए पनि सरकारले छलछाम गरेको लामिछानेको आरोप थियो। उनले पहिला आफूले सबैभन्दा धेरै भोट ल्याएकोमा अब पार्टीले सबैभन्दा धेरै भोट ल्याउने दाबी गरे। ‘मलाई प्रवाह छैन त्यस्ता मुद्दा लाग्दै गर्छ जिते जितिन्छ, हारे हारिन्छ,’ उनले भने ।
लामिछानेले बालेन शाहसँगको भेटबारे पनि प्रकाश पारे । ‘जुन दिन बालेनजी र मेरो भेटघाट भयो । भोलिपल्ट बिहान मेरो आमाको स्वर्गीय आमासँग कुरा गरेँ । बालेनजीले मेरो सपना सोध्नुभयो । मैले बताएँ । मैले सोधेँ,’ उनले भने । भेट भएको पाँच मिनेटमै आफूहरूले सहमति गरेको दाबी गर्दै देशको हितलाई केन्द्रमा राखेकाले वार्ता गर्न आवश्यक नभएको उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
छात्रालाई अश्लील म्यासेज गर्ने दुई शिक्षकसहित तीन जना पक्राउ
-
सेयर बजारमा दुई दिनमा १२१ अङ्क वृद्धि
-
शिक्षा–स्वास्थ्यमा लगाइएको कर र प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता लिन मकवानपुर कांग्रेसको माग
-
१८ वर्ष मुनिकालाई सदस्यता वितरणबारे रास्वपाले आयोगलाई पठायो जवाफ
-
लुम्बिनीका १०९ स्थानीय तहमध्ये डुडुवा मात्रै राष्ट्रिय भूमि आयोगको अन्तिम सूचनामा कसरी ?
-
प्रधानमन्त्री कार्यालयको स्वीकृतिबिना कर्मचारीको नयाँ दरबन्दी सृजना गर्न नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण