फरक दृष्टिकोण भएका दलबिच हुने ध्रुवीकरणबाट देशले निकास पाउँदैन : राजेन्द्र लिङ्देन
सोमबार, ०५ माघ २०८२, २२ : २३
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिक आदर्श तथा सिद्धान्तमा फरक दृष्टिकोण भएका दलबीच हुने ध्रुवीकरणबाट देशले निकास नपाउने बताएका छन् ।
पार्टी केन्द्रीय कार्यालयमा साेमबार आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले वैचारिक दृष्टिकोण निकट दलहरुबिच हुने एकता स्वभाविक भए पनि त्यसबाहेकको ध्रुवीकरणले समस्याको समाधान गर्न नसक्ने बताएका हुन् ।
अध्यक्ष लिङ्देनले पार्टी सङ्गठनलाई बलियो बनाएर चुनावमा विजयी गराउन नेता तथा कार्यकर्तालाई एकजुट हुन निर्देशन दिए।
अधिवक्ता स्वागत नेपाल र पत्रकार गजेन्द्र बुढाथोकीलाई पार्टीमा स्वागत गर्दै उनले मुलुकमा निषेधको राजनीति गर्न नहुने धारणा राखे । अध्यक्ष लिङ्देनले नवीन समझदारीका लागि सबै राजनीतिक दल र सम्बद्ध पक्षलाई दबाब सिर्जना गर्ने तयारी भइरहेको उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा मेसीको गोलमा अर्जेन्टिनाको अग्रता
-
विद्यालयलाई अनुदानः शिक्षक विद्यार्थीलाई पुरस्कार
-
उज्यालो बन्दै छ विश्वप्रसिद्ध एबीसी पदमार्ग
-
छैटौँ विश्वकपमा मेसीको ऐतिहासिक गोल, अर्जेन्टिनाको अग्रता
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
तीन मौसमी वायुको असर : आज सातै प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण