मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

क्यान अध्यक्ष चतुरबहादुर चन्द प्रतिनिधि सभा निर्वाचनमा होमिँदै

सोमबार, ०५ माघ २०८२, २३ : ०१
सोमबार, ०५ माघ २०८२

सारांश

  • नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द प्रतिनिधि सभा सदस्यका लागि चुनावी मैदानमा उत्रिने तयारीमा छन्।
  • कांग्रेसले चन्दलाई बैतडीबाट उम्मेदवार बनाउने निर्णय गरेको छ, जसले कार्यकर्तामा उत्साह थपेको छ।
  • चन्दले पार्टी संगठनको शक्तिमा चुनाव जित्ने दाबी गर्दै, विकासका कामलाई प्राथमिकता दिने बताए।

धनगढी । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द प्रतिनिधि सभाका सांसदका लागि चुनावी मैदानमा उत्रिने तयारीमा छन् ।

नेपाली कांग्रेसले बैतडीमा यसपटक आफ्नै जिल्ला सभापति तथा क्यान अध्यक्ष चन्दलाई उम्मेदवार बनाउँदै आठ वर्षपछि एक्लै चुनाव लड्ने निर्णय गरेको हो । गगनकुमार थापाको नेतृत्वमा रहेको नयाँ केन्द्रीय कार्यसमितिले जिल्लाबाट आएको सिफारिस सदर गर्दै चन्दलाई टिकट दिएपछि बैतडीका कांग्रेस कार्यकर्तामा उत्साह थपिएको बताइन्छ ।

२०७४ को निर्वाचनमा कांग्रेसबाट नरबहादुर चन्द उम्मेदवार थिए भने २०७९ मा माओवादीसँगको गठबन्धनका कारण कांग्रेस मतदाताले रुख चिह्नमा मतदान गर्न पाएका थिएनन् ।

टिकट पक्का भएपछि उम्मेदवार चन्द आत्मविश्वासी देखिएका छन् । पार्टी रूपान्तरणको अभ्यास सफल भएको उल्लेख गर्दै उनले संगठनको आफ्नै तागतमा चुनाव जित्ने दाबी गरे ।

‘जिल्लाको भूगोल ठूलो छ, विकासका काम धेरै बाँकी छन्,’ चन्दले भने, ‘म सबै साथीहरूलाई एकढिक्का बनाएर अघि बढ्छु । पूरा गर्न सकिने कामलाई मात्र समेटेर घोषणापत्र बनाइ जनताको घरदैलोमा पुग्छौँ।’

एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको बैतडीमा यसपटकको चुनावी भिडन्त रोचक हुने देखिएको छ । कांग्रेसका चन्दलाई चुनौती दिन नेकपा एमालेबाट दामोदर भण्डारी मैदानमा छन् ।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट हरिमोहन भण्डारी, राप्रपाबाट भुपेन्द्र चन्द तथा नेकपाबाट परमानन्द भट्टले पनि उम्मेदवारी दिने भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप