बारा कांग्रेसमा गगन पक्षको ‘क्लिन स्वीप’, देउवा समूह टिकटविहीन
सारांश
- नेपाली कांग्रेसले बाराका चारवटै निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ।
- उम्मेदवार छनोटमा सभापति गगन थापा र पूर्वसभापति शेरबहादुर देउवा पक्षबीचको आन्तरिक विवाद सतहमा आएको छ।
- बाराका चारै निर्वाचन क्षेत्रमा गगन थापा पक्षधर उम्मेदवार चयन भएका छन् भने देउवा समूह बाहिरिएको छ।
वीरगन्ज। नेपाली कांग्रेसले बाराका चारवटै निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ । उम्मेदवार छनोटसँगै सभापति गगन थापा र पूर्वसभापति शेरबहादुर देउवा पक्षबिचको आन्तरिक विवाद खुला रूपमा सतहमा आएको छ ।
विशेष महाधिवेशनका क्रममा सभापति थापालाई बारामा सघाएका सबै नेताले टिकट पाएको बारा जिल्ला कांग्रेसका सचिव भैयाराम यादवले बताए । उनका अनुसार बाराका चारै निर्वाचन क्षेत्रमा गगन थापा पक्षधर उम्मेदवार चयन भएका छन् भने देउवा समूह पूर्ण रूपमा बाहिरिएको छ ।
कांग्रेसले बारा निर्वाचन क्षेत्र नम्बर–१ बाट शम्भुबहादुर बुढाथोकी, क्षेत्र नम्बर–२ बाट भैयाराम यादव, क्षेत्र नम्बर–३ बाट सहमहामन्त्री फर्मुल्लाह मन्सुर र क्षेत्र नम्बर–४ बाट श्यामबाबु गुप्तालाई उम्मेदवार बनाएको छ ।
उम्मेदवार छनोटसँगै देउवा पक्षका प्रभावशाली नेताहरू एकैपटक टिकटबाट वञ्चित भएका छन् । पूर्वमन्त्री तथा निवर्तमान सहमहामन्त्री उमाकान्त चौधरी र कांग्रेस बाराका पूर्व सभापति राधेचन्द्र यादवले यस पटक टिकट पाउन सकेनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बसपार्क घटना : निशाको शव भेटिएको गेस्टहाउसको कोठा युवकको नाममा बुक
-
दृष्टिविहीन बालबालिकाका लागि निर्मित आवासीय भवन सम्पन्न गर्न नेपाल लाइफ इन्स्योरेन्सको सहयोग
-
जनकपुरको रामानन्द र पिडारी चोक सवारी दुर्घटनाको अति जोखिममा
-
कुकुरको खाना भनेर अस्ट्रेलिया पठाउन लागिएको अवैध चुरोट त्रिभुवन विमानस्थलबाट बरामद
-
सुर्खेतमा अपराधजन्य घटनाको ग्राफ बढ्दो
-
जीडब्ल्युएम ओरा ५ ईभीमा आफ्नै अत्याधुनिक प्रविधिको ब्याट्री प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण