गण्डकीका १८ निर्वाचन क्षेत्रमा दलहरूको उम्मेदवारी : समावेशी सिद्धान्त ‘कोल्याप्स’
सारांश
- गण्डकी प्रदेशका १८ निर्वाचन क्षेत्रमा प्रमुख दलहरूले उम्मेदवारको सूची टुंग्याएका छन्, जसमा रोचक प्रतिस्पर्धा हुने देखिन्छ।
- कतिपय क्षेत्रमा पुराना र नयाँ अनुहारहरूबीच प्रतिस्पर्धा हुने अनुमान गरिएको छ, जसमा हेभीवेट नेताहरूको उम्मेदवारीले माहोल तताएको छ।
- दलहरूले समावेशी सिद्धान्तलाई पूर्ण रूपमा लागू नगरेको र महिला तथा दलित समुदायलाई प्रत्यक्ष निर्वाचनमा कम प्राथमिकता दिएको देखिन्छ।
पोखरा । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि गण्डकी प्रदेशका १८ वटा निर्वाचन क्षेत्रमा प्रमुख राजनीतिक दलहरूले आफ्ना उम्मेदवारहरूको सूची तयार टुङ्ग्याएका छन् ।
प्राप्त विवरण अनुसार नेकपा एमाले, नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र प्रगतिशील लोकतान्त्रिक पार्टीबिच प्रमुख प्रतिस्पर्धा हुने देखिन्छ ।
अधिकांश क्षेत्रमा नेपाली कांग्रेस, एमाले र रास्वपाबिच प्रतिस्पर्धा छ । केही क्षेत्रमा नेकपा पनि प्रतिस्पर्धामा हुनेछ । प्रलोपाले गोरखा–२ बाट पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई उम्मेदवार बनाउने निधो गरेको छ । उम्मेदवारहरूको यो सूचीले गण्डकी प्रदेशमा परम्परागत शक्ति र नयाँ शक्तिहरूबिच रोचक भिडन्त पक्का गरेको छ ।
- कतै ‘हेभीवेट’, धेरै नयाँ अनुहार
गण्डकी प्रदेशका विभिन्न जिल्लामा ‘हेभीवेट’ नेताहरूको उम्मेदवारीले चुनावी माहोल तातेको छ । गोरखा–२ मा प्रगतिशील लोकतान्त्रिक पार्टीका तर्फबाट पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले उम्मेदवारी दिँदैछन् । यद्यपि उनीसँग प्रतिस्पर्धाको मैदानमा कांग्रेसका प्रकाशचन्द्र दवाडी, एमालेका मिलन गुरुङ, नेकपाका लेखनाथ न्यौपाने र रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटी पनि छन् ।
तनहुँ–१ मा निकै रोचक प्रतिस्पर्धा हुने देखिन्छ । यहाँ रास्वपाका स्वर्णिम वाग्ले र कांग्रेसका गोविन्द भट्टराई दोस्रो पटक आमने–सामने भएका छन् । एमालेकी भगवती न्यौपाने, कांग्रेसका भट्टराई र रास्वपाका वाग्लेबिच त्रिपक्षीय भिडन्त पक्का छ । नेकपाले यो क्षेत्रबाट विद्या ढकाललाई अघि सारेको छ ।
लमजुङमा एमालेका उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ र कांग्रेसका गमप्रसाद गुरुङबिचको परम्परागत प्रतिस्पर्धा रोचक हुनेछ । यहाँ नेकपाका हरिजंग तामाङ र रास्वपाका धर्म केसी उम्मेदवार बनेका छन् ।
- को कति समावेशी ?
दलहरूले समावेशी सिद्धान्तलाई हुबहू कार्यान्वयन गर्ने बताइरहँदा उम्मेदवारको छनोटमा भने त्यस्तो देखिएको छैन । संविधानले प्रत्याभूत गरेको ३३ प्रतिशत महिला सहभागिता प्रत्यक्षतर्फको टिकट वितरणमा भेटिएन । गण्डकीका १८ निर्वाचन क्षेत्रमध्ये एमालेले २ जना महिलालाई मात्र उम्मेदवार बनाएको छ । तनहुँ–१ मा भगवती न्यौपाने र बागलुङ–२ मा मन्जु चालिसे उम्मेदवार बनेकी हुन् ।
रास्वपाले कास्की–३ मा विना गुरुङलाई अघि सारेको छ । राप्रपाले नवलपुर–२ मा रन कुमारी महतो र मुस्ताङमा कमला लालचन गरी २ जना महिलालाई टिकट दिएको छ ।
नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टीले गण्डकी प्रदेशमा प्रत्यक्षतर्फ एउटा पनि महिला उम्मेदवार उठाएको छैन । महिला मात्रै होइन, दलहरूले दलित क्लष्टरलाई पनि प्रत्यक्षतर्फ प्राथमिकता दिन सकेनन् । नेपाली कम्युनिस्ट पार्टीले स्याङ्जा–२ मा पदम विश्वकर्मालाई टिकट दिएको छ । अरु दलले प्रत्यक्षतर्फ दलित समुदायलाई कुना पारेका छन् ।
आदिवासी जनजाति उम्मेदवारहरूको संख्या भने सन्तोषजनक देखिन्छ । विशेषगरी लमजुङ, मनाङ, मुस्ताङ, स्याङ्जा र कास्कीमा दलहरूले जनजाति अनुहारलाई प्राथमिकता दिएका छन् । एमालेबाट लमजुङमा पृथ्वीसुब्बा गुरुङ, गोरखामा मिलन गुरुङ (चक्रे मिलन), मनाङमा पोल्देन छोपाङ गुरुङ, स्याङ्जामा मीनप्रसाद गुरुङ र खिमबहादुर थापा, म्याग्दीमा हरिकृष्ण श्रेष्ठ लगायत उम्मेदवार छन् ।
कांग्रेसबाट मनाङमा टेकबहादुर गुरुङ, कास्कीमा मनोज गुरुङ, नवलपुरमा गजेन्द्र आले, मुस्ताङमा योगेश गौचन, लमजुङमा गमप्रसाद गुरुङ, बागलुङमा भीम सिरिस लगायत उम्मेदवार छन् । नेकपाले पनि लमजुङमा हरिजंग तामाङ, मुस्ताङमा ङुटुक गुरुङ लगायतलाई टिकट दिएको छ । रास्वपाले गोरखा–१ मा सुदन गुरुङ, कास्की–३ मा विना गुरुङ जस्ता जनजाति अनुहारलाई स्थान दिएको छ । तर, महिला र सीमान्तकृत समुदाय, दलित लगायतलाई प्रत्यक्ष निर्वाचन प्रणाली अन्तर्गत टिकट दिन दलहरूले कन्जुस्याइँ गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिम तराईमा अत्यधिक गर्मी, नेपालगन्जको तापक्रम ४१ डिग्रीसम्म पुग्ने पूर्वानुमान
-
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
विष्णु पौडेल पक्राउपछि एमालेले बोलायो संसदीय दल र सचिवालयका छुट्टाछुट्टै बैठक
-
सम्पत्ति छानबिनको मागमा अझै अडिग छु : जनार्दन शर्मा
-
रास्वपा महाधिवेशनः प्रतिनिधिलाई परिचयपत्र वितरण गर्न थालियो, दिउँसो १ बजेदेखि बन्दसत्र
-
गोल्डेन बुटको रोमाञ्चक दौड : कसले मार्ला बाजी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण