जुम्लामा प्रलोपाबाट मनऋषि धिताल चुनावी मैदानमा
सारांश
- मनऋषि धिताल जुम्लाबाट प्रलोपाको उम्मेदवार बनेका छन्, उनी पूर्व पत्रकार र लेखक हुन्।
- धितालले १० वर्षे सशस्त्र युद्धको समयमा पत्रकारिता गरेका थिए र उनी बौद्धिक वर्गमाझ परिचित छन्।
- जुम्लामा यसपटक विभिन्न दलका उम्मेदवारहरू चुनावी प्रतिस्पर्धामा छन्, जसमा नरेश भण्डारी, ज्ञानेन्द्र शाही, र अन्य नेताहरू छन्।
सुर्खेत । जुम्लामा मनऋषि धिताल चुनावी मैदानमा होमिएका छन्। उनी प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)बाट उम्मेदवार बनेका हुन्।
पूर्व पत्रकार धिताल लेखक समेत हुन्। उनका एक दर्जन युद्धकालिन पुस्तकहरू प्रकाशित भइसकेका छन्। धिताल १० वर्षे सशस्त्र युद्धको क्रममा युद्धकालीन पत्रकारिता गरिसकेका व्यक्ति हुन्। बौद्धिक वर्गमा चिनिएका उनका कारण जुम्लामा उनको उम्मेदवारीलाई विशेष रुपमा हेरिएको छ।
उनी सामाजिक काममा समेत अग्रसर छन्। जुम्ला प्रायः हरेक चुनावमा नेताहरू दोहोर्याउने जिल्ला मानिन्छ। यसपाली अन्य दलबाट उम्मेदवार बनेकाहरू प्रायः पहिल्यै परिक्षित नेताहरू हुन्।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट नरेश भण्डारी उम्मेदवार छन्। साविक माओवादीको बलियो जनमत रहेको जुम्लामा भण्डारीले यसअघि ०६४ सालमा प्रतिनिधि सभा र ०७४ सालमा प्रदेश सभा चुनाव जितेका थिए।
राप्रपाबाट ज्ञानेन्द्र शाही उम्मेदवार छन् भने एमालेबाट शान्तिलाल महत र रास्वपाबाट विनिता कठायतले उम्मेदवारी दिएकी छन्। यद्यपि धिताल सबैतिर चिनिएका र सालिन व्यक्तित्वका व्यक्ति भएको कारण उनका उम्मेदवारीलाई जुम्लाले विशेष महत्व दिएको
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिम तराईमा अत्यधिक गर्मी, नेपालगन्जको तापक्रम ४१ डिग्रीसम्म पुग्ने पूर्वानुमान
-
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
विष्णु पौडेल पक्राउपछि एमालेले बोलायो संसदीय दल र सचिवालयका छुट्टाछुट्टै बैठक
-
सम्पत्ति छानबिनको मागमा अझै अडिग छु : जनार्दन शर्मा
-
रास्वपा महाधिवेशनः प्रतिनिधिलाई परिचयपत्र वितरण गर्न थालियो, दिउँसो १ बजेदेखि बन्दसत्र
-
गोल्डेन बुटको रोमाञ्चक दौड : कसले मार्ला बाजी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण