सर्लाही–२ मा राजेन्द्र महतोको उम्मेदवारी
मङ्गलबार, ०६ माघ २०८२, १४ : १०
मलङ्गवा । राष्ट्रिय मुक्ति पार्टी नेपालका केन्द्रीय अध्यक्ष राजेन्द्र महतोले सर्लाही निर्वाचन क्षेत्र नम्बर २ बाट आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उनले मङ्गलबार निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन पत्र दर्ता गराएका हुन् ।
लामो समय मधेश केन्द्रित राजनीतिमा सक्रिय रहेका महतोले यसपटक आफ्नै नेतृत्वको नयाँ पार्टीबाट चुनाव लड्ने निर्णय गरेका छन् । उनी समर्थकसहितको जुलुस र नारावाजीका साथ निर्वाचन कार्यालय पुगेका थिए । सर्लाही–२ मा महतोको उम्मेदवारीसँगै यहाँको चुनावी प्रतिस्पर्धा थप रोचक हुने देखिएको छ ।
यस क्षेत्रमा महतोको मुख्य प्रतिस्पर्धा पुनः नेकपाका नेता महेन्द्र राय यादवसँग हुने सम्भावना देखिएको छ । यसअघिको निर्वाचनमा महतो यादवसँग झिनो मतान्तरले पराजित भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग प्रभावित, तीन स्थानमा पूर्ण अवरोध
-
दीर्घकालीन कर्जामा ब्याज पुँजीकरणको बाटो खुल्यो, आम्दानी नै नभई ब्याज तिर्नुपर्ने व्यवस्था अन्त्य
-
काभ्रेका १३ पालिकाले ल्याए बजेट, कसको कति ?
-
मेक्सिको र दक्षिण अफ्रिकाको जित, समूह ‘ए’ बाट नकआउट चरणमा प्रवेश
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
जतिबेला पनि निद्रा लागिरहन्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण