कपिलवस्तुमा कांग्रेसबाट विद्रोह गरी आशीष शर्माले दर्ता गराए उम्मेदवारी
मङ्गलबार, ०६ माघ २०८२, १८ : ५६
बुटवल । नेपाली कांग्रेसका युवा नेता, महाधिवेशन प्रतिनिधि आशीष शर्माले कपिलवस्तु क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् ।
उनी कांग्रेस नेता तथा पूर्वमन्त्री दीप कुमार उपाध्याय (शर्मा) का छोरा हुन् । कांग्रेसले उक्त क्षेत्रमा अहरत कमाललाई टिकट दिएको थियो । अब स्वतन्त्र उम्मेदवारी दिएका शर्माले कांग्रेसका कमाल, एमालेका विश्राम प्रसाद चौधरी र राष्ट्रिय स्वतन्त्र पार्टीका मोहन आचार्यसँग प्रतिस्पर्धा गर्नुपर्ने छ ।
२०७९ सालको निर्वाचनमा क्षेत्र नम्बर १ मा एमाले उम्मेदवार बलराम अधिकारी विजयी भएका थिए । स्वतन्त्र उम्मेदवारी दिएका शर्माका बुवा दीप कुमार पनि कपिलवस्तुमा कैयौँ पटक उम्मेदवार बन्दा जित र हार दुवैको अनुभव गरेका व्यक्ति हुन् ।
पछिल्ला केही वर्षयता दीप कुमारको साथ लिँदै आशीष राजनीतिमा अगाडि आएका युवा नेता हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी छपाइ प्रकरण : ठेकेदारलाई १ अर्ब पेस्की दिएको फेला
-
अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा
-
'सिनेमा मानव अधिकार प्रवर्द्धनको सशक्त माध्यम हो'
-
पिसाबमा गन्ध आउनु कुन रोगको लक्षण हो ?
-
कर्णालीको यातायात कार्यालयको आम्दानीको ८० प्रतिशत हिस्सा सवारी साधन कर
-
आरजुसहित १८ जना प्रतिवादीविरुद्ध मुद्दा दायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण