गुल्मीमा दुई पदका लागि ४० जनाको उम्मेदवारी, ३ जना मात्रै महिला
बुटवल । गुल्मीमा प्रतिनिधि सभा सदस्यका जम्मा दुई पदका लागि ४० जनाको उम्मेदवारी परेको छ । ती ४० जना उम्मेदवारमध्ये २ जना दलित र ३ जना महिला छन् ।
मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद पौडेलले दिएको जानकारीअनुसार क्षेत्र नम्बर १ मा १८ जनाको उम्मेदवारी परेको हो ।
क्षेत्र नम्बर १ मा १८ जना उम्मेदवार रहेका छन्, जसमा कांग्रेसबाट डा. चन्द्रकान्त भण्डारी, एमालेबाट प्रदीपकुमार ज्ञवाली, नेपाली कम्युनिस्ट पार्टीबाट सुदर्शन बराल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सागर ढकाल, राष्ट्रिय जनमोर्चाबाट शेरबहादुर थापा, राप्रपाबाट अजितकुमार श्रेष्ठ, मजदुर किसान पार्टीबाट मैयालक्ष्मी त्याग, नेशनल रिपब्लिक नेपालबाट लोकबहादुर थापा, मंगोलियन नेशनल अर्गनाइजेसनबाट खड्काबहादुर गुरुङ, आम जनता पार्टीबाट शिखा रश्मि छन्।
स्वतन्त्र उम्मेदवारहरूमा मेघबहादुर गाह, कृष्णबहादुर सुनार, टोपबहादुर थापा, प्रेमप्रसाद श्रेष्ठ, यमबहादुर श्रेष्ठ र विमल ज्ञवाली रहेका छन् ।
गुल्मी क्षेत्र नम्बर २ का निर्वाचन अधिकृत हरिहर पौडेलका अनुसार गुल्मी क्षेत्र नम्बर २ मा २२ जनाको उम्मेदवारी परेको छ । जसमा कांग्रेसबाट भुवनप्रसाद श्रेष्ठ, एमालेबाट गोकर्ण विष्ट, नेपाली कम्युनिस्ट पार्टीबाट श्रीराम महत, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गोविन्द पन्थी, राष्ट्रिय जनमोर्चाबाट लालबहादुर थापा क्षेत्री, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट जनक सेन, उज्यालो नेपाल पार्टीबाट कर्णबहादुर थापा, नेशनल रिपब्लिक नेपालबाट पदमबहादुर थापा मगर, नेकपा माओवादीबाट सन्ते नेपाली, मंगोलियन अर्गनाइजेसनबाट वेदबहादुर थापा छन् ।
स्वतन्त्र उम्मेदवारहरूमा खुबीराम आचार्य, रामप्रसाद पौडेल, लोकबहादुर पुन, पर्शुराम कँडेल, महेश्वर घिमिरे, सरस्वती लम्साल, भूमिश्वर सापकोटा, सुरेन्द्र पाण्डे, कुमारी हरिकला श्रीस मगर, नरेन्द्रप्रसाद रिजाल र भागिरथ थापाको उम्मेदवारी परेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालले भारत र चीनसँगको सम्बन्धलाई आर्थिक समृद्धिमा बदल्नुपर्छ : अर्थशास्त्री ओली
-
स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनीको २६औं वार्षिक साधारण सभा सम्पन्न
-
रास्वपाका दुई महामन्त्री पदमा आकांक्षीको ओइरो
-
रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशन एक दिन लम्बिने, मनिष झा महामन्त्रीमा भिड्ने
-
वन्यजन्तुसँग साक्षात्कार गराउँदै कुम ठाकुर
-
इङ्ल्यान्डलाई ठुलो झट्का : स्लो ओभर रेटका कारण विश्व टेस्ट च्याम्पियनसिपमा १२ अङ्क गुमायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण