कृषकहरूको आवाज बनेर मेरो उम्मेदवारी : हरि रोका
काठमाडौँ । बाम तथा अर्थ विश्लेषक हरि रोकाले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनमा खोटाङबाट उम्मेदवारी दिएका छन् ।
नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट उम्मेदवारी दिएका रोकाले कृषकहरूको आवाज बनेर आफूले उम्मेदवारी दिएको बताएका छन् ।
‘म चार वर्षदेखि गाउँमै कृषि गरिरहेको मान्छे हुँ, मेरो मन बदलिएको छैन अहिले पनि म किसान नै हुँ,’ उम्मेदवारी दिएपछि उनले भने, ‘अहिले म कृषकहरूको माझमा बसेर हलो कोदालो चलाइरहेको छु, मेरो उम्मेदवारी कृषकहरूकै पक्षमा हुनेछ ।’
रोकाले हामीले कस्तो खालको कृषि गरियो भने उन्नति हुन्छ र कस्तो नीति चाहिन्छ भनेर आफूले अनुभव गरिरहेको बताउँदै जितेपछि कृषककै पक्षमा जहिले पनि बोल्ने र लागिरहने समेत बताएका छन् ।
उनले सामान्य किसानहरूसँग मिल्न र उनीहरूको भावना बुझ्न भनेरै आफूले पिएचडी गरे पनि डा. नलेखेको समेत बताए । ‘म सामान्य किसान जस्तै भएर बाँचौँ भन्ने हो, डा. लेखेर सामान्य किसानसँगको दुरी नबढोस् भनेरै मैले नामको अगाडी अहिलेसम्म डा. लेखेको छैन,’ उनले भने ।
खोटाङमा दुई स्वतन्त्रसहित १३ जनाको उम्मेदवारी परेको छ । नेकपाबाट रोकाले उम्मेदवारी दिँदा नेपाली कांग्रेसबाट वीरकाजी राई र नेकपा एमालेबाट देवविक्रम राईले उम्मेदवारी दिएका छन् ।
खोटाङमा नेकपा, कांग्रेस र एमालेबिच त्रिपक्षीय कडा प्रतिस्पर्धा हुने देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिमानी मूल्यका ऋषभ पन्तले तलब घटाएर रोजे पुरानै टोली, कुलदीपसँग भयो साटासाट
-
त्रिवि केन्द्रीय क्याम्पसमा पोस्टर प्रदर्शन, तस्बिरहरू
-
शिक्षा ऐन नआउँदा विद्यालय शिक्षामा विकृति र व्यवस्थापकीय समस्या देखियो : शिक्षासचिव पौडेल
-
चीनमा भारी वर्षाका कारण ९ हजार भन्दा बढी बिस्थापित, विद्यालयहरू बन्द
-
५ दिनभित्र होल्डिङ सेन्टर खाली गर्न सुकुमबासीलाई अल्टिमेटम
-
नेपालमा बोसमो पहिलो ब्रान्ड स्टोर सञ्चालन, प्रिमियम होम अप्लायन्स बजारमा विस्तार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण