झापा–५ मा २४ जना उम्मेदवार चुनावी मैदानमा (सूचीसहित)
विराटनगर । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि झापा जिल्लाको निर्वाचन क्षेत्र नम्बर ५ मा उत्साहजनक रूपमा उम्मेदवारी दर्ता भएको छ ।
निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम नामावली सूची अनुसार यस क्षेत्रबाट कुल २४ जनाले उम्मेदवारी दिएका छन् ।
यस क्षेत्रमा नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली मुख्य प्रतिस्पर्धीका रूपमा रहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट बालेन्द्र शाहको उम्मेदवारी परेको छ । नेपाली कांग्रेसबाट मन्दरा चिमरिया र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट रञ्जित तामाङले पनि उम्मेदवारी दर्ता गराएका छन् ।
२४ जना उम्मेदवारहरूमध्ये १० जना स्वतन्त्र उम्मेदवार रहेका छन् भने बाँकी १४ जना विभिन्न राजनीतिक दलका तर्फबाट चुनावी मैदानमा उत्रिएका छन् ।
चुनावी प्रतिस्पर्धामा जनमत पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमुक्ति पार्टी, र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च लगायतका दलहरूले पनि आफ्ना उम्मेदवार उठाएका छन् ।
कुल २४ उम्मेदवारमध्ये महिलाको उपस्थिति भने निकै न्यून देखिएको छ । सार्वजनिक सूची अनुसार मन्दरा चिमरिया (नेपाली कांग्रेस), रञ्जना गौतम (स्वतन्त्र) र शोभा भण्डारी (स्वतन्त्र) गरी मात्र ३ जना महिला उम्मेदवारहरू प्रतिस्पर्धामा छन् । बाँकी २१ जना पुरुष उम्मेदवार रहेका छन् ।
उम्मेदवारहरूको उमेर समूहलाई हेर्दा २७ वर्षदेखि ७५ वर्षसम्मका व्यक्तिहरूले झापा–५ बाट प्रतिनिधित्वका लागि आकांक्षा देखाएका छन् । सबैभन्दा कान्छा उम्मेदवारका रूपमा सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट २७ वर्षका सुशान्त साग्त राई रहेका छन् ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भन्सालीको ‘लभ एन्ड वार’ को सेटमा भयानक दुघर्टना, एक जनाको मृत्यु
-
टिपर दुर्घटनामा चालकको मृत्यु
-
पूर्वप्रधानन्यायाधीश पराजुली भन्छन्, ‘न्यायाधीशलाई गोलाप्रथाबाट मुद्दा तोक्ने व्यवस्था संविधानसम्मत छैन’
-
‘झिंगे दाउ २’ असोजमा रिलिज हुने
-
जैविक धरातलको संरक्षणमा नेपाल अद्वितीय छ
-
रास्वपा महाधिवेशन प्रतिनिधिको नामावलीमा त्रुटि, अझै सुरु भएन बन्दसत्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण