हातहतियार बुझाउन जिल्ला प्रशासन कार्यालय रौतहटको आग्रह
रौतहट । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयमुक्त र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न जिल्ला प्रशासन कार्यालय रौतहटले व्यक्तिगत नाममा इजाजत प्राप्त हातहतियार तथा खरखजाना अनिवार्य रूपमा बुझाउन आग्रह गरेको छ।
रौतहटका सहायक सिडिओ जितेन्द्र कुमार यादवद्वारा जारी सूचनाअनुसार जिल्लाका विभिन्न व्यक्तिहरूको नाममा दर्ता रहेका इजाजत प्राप्त सबै प्रकारका हातहतियार र त्यसमा प्रयोग हुने गोलीगठ्ठा समेत यही माघ २० गतेभित्र नजिकको प्रहरी चौकी, इलाका प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालयमा बुझाउनुपर्नेछ।
प्रशासनले हातहतियार बुझाउँदा प्रहरी कार्यालयबाट अनिवार्य रूपमा भरपाई रसिद लिन आग्रह गरेको छ। साथै, अगामी चैत २० गतेपछि सोही कार्यालयमा भरपाई पेस गरेमा सम्बन्धित हातहतियार धनीलाई मात्र हातहतियार फिर्ता गरिने सूचनामा उल्लेख गरिएको छ।
तोकिएको समयभित्र हातहतियार तथा खरखजाना नबुझाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने चेतावनीसमेत दिइएको छ। जिल्ला प्रशासन कार्यालय रौतहटले आगामी निर्वाचनलाई मर्यादित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न जिल्लावासी सबैबाट पूर्ण सहयोगको अपेक्षा गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिमानी मूल्यका ऋषभ पन्तले तलब घटाएर रोजे पुरानै टोली, कुलदीपसँग भयो साटासाट
-
त्रिवि केन्द्रीय क्याम्पसमा पोस्टर प्रदर्शन, तस्बिरहरू
-
शिक्षा ऐन नआउँदा विद्यालय शिक्षामा विकृति र व्यवस्थापकीय समस्या देखियो : शिक्षासचिव पौडेल
-
चीनमा भारी वर्षाका कारण ९ हजार भन्दा बढी बिस्थापित, विद्यालयहरू बन्द
-
५ दिनभित्र होल्डिङ सेन्टर खाली गर्न सुकुमबासीलाई अल्टिमेटम
-
नेपालमा बोसमो पहिलो ब्रान्ड स्टोर सञ्चालन, प्रिमियम होम अप्लायन्स बजारमा विस्तार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण