चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी
बुधबार, ०७ माघ २०८२, १४ : ०४
चितवन । फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लामा ६५ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
मङ्गलबार तीन निर्वाचन क्षेत्रमा उनीहरुले उम्मेदवारी दर्ता गराएका हुन् । जिल्लामा तीनवटा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र छन् । तीन पदका लागि ६५ जनाको उम्मेदवारी परेको हो ।
क्षेत्र १ मा १९ जना, क्षेत्र नम्बर २ मा २३ जना र क्षेत्र नम्बर ३ मा २३ जनाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यसमध्ये क्षेत्र नम्बर १ मा चार जना, २ र ३ मा छ÷छ जना उम्मेदवार स्वतन्त्र रहेका छन् । अन्य उम्मेदवार राजनीतिक दलका रहेको छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नर्वेका स्टार स्ट्राइकर हालान्ड फ्रान्सविरुद्ध बेन्चमा, यस्तो छ कारण
-
१२ बजे १२ समाचार: एन्फा पूर्वअध्यक्ष पक्राउदेखि ९५ प्रतिशत स्थानीय सरकारले बजेट समयमै ल्याएसम्म
-
भेनेजुएला भूकम्प: मृतकको सङ्ख्या ५८९ पुग्यो
-
भोजपुरमा डेङ्गी नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियान सुरु
-
भारत लैजान लागेको ४ केजी अफिम सहित दुई जना पक्राउ
-
पर्यटकको बसाइ लम्ब्याउन घान्द्रुकमा चक्रीय पदमार्ग निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण