बेलायतमा बढ्यो महँगी
बुधबार, ०७ माघ २०८२, १५ : १७
काठमाडौँ । बेलायतमा महँगी बढेको छ । २०२५ को अन्तिम महिना डिसेम्बरमा मुद्रास्फीति बढेर ३ दशमलव ४ प्रतिशतमा उक्लिएको राष्ट्रिय तथ्याङ्क कार्यालयले बताएको छ । नोभेम्बरमा महँगी दर ३ दशमलव २ प्रतिशत थियो । महँगीमा भएको यो वृद्धि अपेक्षा गरिएको भन्दा धेरै हो । सो अवधिमा मुद्रास्फीति ३ दशमलव ३ प्रतिशत मात्रै रहने प्रक्षेपण विश्लेषकहरूले गरेका थिए ।
डिसेम्बरमा क्रिसमस लगायतका कारण महँगी बढेको विश्लेषण गरिएको छ । हालै लागू गरिएको अन्तःशुल्क वृद्धि पछि सुर्तीजन्य वस्तुको मूल्य बढेको राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रमुख अर्थशास्त्री ग्रान्ट फिट्जनरले बताए ।
क्रिसमस र नयाँ वर्षको अवधिमा हवाई यात्रा बढेसँगै भाडामा भएको वृद्धिले पनि महँगी बढाएको हुन सक्ने उनको आकलन छ । खाद्यान्नमा विशेष गरी रोटी र अन्नको बढ्दो लागतले महँगी बढेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि–बालेन बिचको ट्रस्ट व्यवहारले नै देखाउँछ : सस्मित पोखरेल
-
राहदानी छपाइ प्रकरण : ठेकेदारलाई १ अर्ब पेस्की दिएको फेला
-
अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा
-
'सिनेमा मानव अधिकार प्रवर्द्धनको सशक्त माध्यम हो'
-
पिसाबमा गन्ध आउनु कुन रोगको लक्षण हो ?
-
कर्णालीको यातायात कार्यालयको आम्दानीको ८० प्रतिशत हिस्सा सवारी साधन कर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण