मधेसमा ३२ सिटका लागि १०४२ जनाको उम्मेदवारी दर्ता
जनकपुरधाम । फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि मधेस प्रदेशका ३२ सिटका लागि १ हजार ४२ जनाको उम्मेदवारी परेको छ ।
प्रदेशका ८ जिल्लामा विभिन्न दल तथा स्वतन्त्र गरी १ हजारभन्दा बढी उम्मेदवारले मनोनयन दर्ता गराएका हुन् ।
मधेस निर्वाचन कार्यालयका अनुसार सबै ८ जिल्लाबाट कुल १०४२ जनाको उम्मेदवारी परेको छ । यसमध्ये १०१ जना महिला र ९४१ जना पुरुष उम्मेदवार रहेका छन् ।
जिल्लागत विवरण यस्तो छ ।
पर्साः १०९ जनाको उम्मेदवारी परेको छ, जसमा १२ महिला र ९७ पुरुष छन् ।
बाराः ११२ जनाको उम्मेदवारी परेको छ, जसमा १५ महिला र ९७ पुरुष छन् ।
रौतहटः १४३ जनाको उम्मेदवारी परेको छ, जसमा ११ महिला र १३२ पुरुष छन् ।
सर्लाहीः १३३ जनाको उम्मेदवारी परेको छ, जसमा ६ महिला र १२७ पुरुष छन् ।
महोत्तरीः १४३ जनाको उम्मेदवारी परेको छ, जसमा १८ महिला र १२५ पुरुष छन् ।
धनुषाः १५८ जनाको उम्मेदवारी परेको छ, जसमा १३ महिला र १४५ पुरुष छन् ।
सिरहाः १३९ जनाको उम्मेदवारी परेको छ, जसमा ८ महिला र १३१ पुरुष छन् ।
सप्तरीः १०५ जनाको उम्मेदवारी परेको छ, जसमा १८ महिला र ८७ पुरुष छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुकुरको खाना भनेर अस्ट्रेलिया पठाउन लागिएको अवैध चुरोट त्रिभुवन विमानस्थलबाट बरामद
-
सुर्खेतमा अपराधजन्य घटनाको ग्राफ बढ्दो
-
जीडब्ल्युएम ओरा ५ ईभीमा आफ्नै अत्याधुनिक प्रविधिको ब्याट्री प्रयोग
-
बजेट कार्यान्वयनबारे अर्थ मन्त्रालयले जारी गर्यो ३७ बुँदे मार्गदर्शन (पूर्णपाठ)
-
ब्रिटिश स्टिलबारे चीनको क्षतिपूर्ति माग
-
रास्वपाको बागलुङ कार्यसमिति बदर, कैलाली कार्यसमिति सदर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण