गायिका ज्योति मगरको सुझाव : कसैको गुलाम नभएको नेपाललाई विदेशीको हातमा नदिनुस्
सारांश
- गायिका ज्योति मगरले देशलाई विदेशीको हातमा दिन नहुने धारणा राखेकी छिन्।
- उनले सामाजिक सञ्जालमा नयाँ राजनीतिक दलहरूप्रति लक्षित गर्दै यस्तो धारणा राखेकी हुन्।
- उनले पुराना नेताको साटो नयाँलाई दिने कुरामा असहमति जनाइन्।
काठमाडौँ । गायिका ज्योति मगरले अहिलेसम्म कसैको गुलाम नभएको देशलाई विदेशीको हातमा दिन नहुने धारणा राखेकी छन् । उनले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै जेनजी विद्रोहपछि उम्रिएका राजनीतिक दल तथा राजनीतिका नयाँ–नयाँ खेलाडीहरूप्रति लक्षित गर्दै उनले यस्तो धारणा राखेकी हुन् ।
आसन्न निर्वाचनमा पुराना राजनीतिक दलका पुराना नेताको साटो नयाँ राजनीतिक दलका नयाँ नेता अथवा उम्मेदवारको पक्षमा चलेको बहसबारे लेख्दै मगरले अचेल सबैको मुखमा झुन्डिएको एउटै साझा शब्द ‘पुरानालाई हेरिसकियो, एकचोटि नयाँलाई दिइहेरौँ न देश’ भन्ने भनाइप्रति घुमाउरो शैलीमा असहमति व्यक्त गरेकी छिन् ।
उनी भन्छिन्, ‘बेकारमा कहिले एमसीसी, कहिले बारबरा, कहिले अमेरिकन यूथ काउन्सिल, कहिले धर्म निरपेक्षता, कहिले हिन्दु राज्य, कहिले रअ, कहिले सीआईए, किन घुमिफिरी लामो बाटो गरेर देश बेच्नु ? एकै चोटि दिए हाइसुख, न रहेगा बाँस, न बजेगा बाँसुरी....।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वार्ताका लागि पाकिस्तान पुगे इरानी राष्ट्रपति र विदेशमन्त्री
-
रास्वपाका सदस्य ५ लाख २३ हजार, सबैभन्दा धेरै मधेसमा
-
एमआरपीभन्दा बढी मूल्य लिएर बिल नदिने दुई कम्पनीलाई ४ लाख ४० हजार जरिवाना
-
विनोद शाही हत्या प्रकरणमा कांग्रेस नगर सभापतिसहित ६ जनालाई जन्मकैद
-
आयोजना निर्देशकलाई प्रश्न : सुकुमबासीलाई होल्डिङ सेन्टर छोड्न ५ दिने अल्टिमेटम किन दिएको ?
-
‘प्रदेश मन्त्री निवासमा छापा मार्ने प्रहरीमाथि कारबाही प्रक्रिया सुरु’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण