कराँचीको सपिङ सेन्टर आगलागीबाट मृत्यु हुनेको संख्या ६० पुग्यो
बिहीबार, ०८ माघ २०८२, १३ : २०
इस्लामावाद । कराँचीको गुल प्लाजा सपिङ सेन्टरमा भएको आगलागीबाट मृत्यु हुनेको संख्या कम्तीमा ६१ पुगेको छ । अधिकारीहरूले बताएअनुसार शनिबारको भयावह आगलागीपछि ८० भन्दा बढी व्यक्ति अझै हराइरहेका छन् ।
३० शव ‘दुबई क्रोकेरी’ नाम गरेको पसलमा फेला परेको कराची दक्षिणका डेपुटी इन्स्पेक्टर जनरल सैयद असद रजाले डन दैनिकलाई बताए । आगलागी शुरु भएसँगै मलभित्र होहल्ला र भागदौड शुरु भएपछि उनीहरू पसलको ढोका बन्द गरेर बसेको हुन सक्ने मानिएको छ ।
सिन्धका मुख्यमन्त्री मुराद अली शाहले मृतकको संख्या बढेकोमा दुःख व्यक्त गर्दै सबै शव निकालिएपछि मात्र भग्नावशेष हटाउने निर्देशन दिएका छन् ।
अधिकारीहरूले शवको डीएनए नमुना सङ्कलन गर्दै पहिचानको काम जारी राखेका छन । बेपत्ताको संख्या धेरै भएकोले मृतकको संख्या अझ बढ्न सक्ने चेतावनी अधिकारीहरूले दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण