ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु
बिहीबार, ०८ माघ २०८२, १३ : ५९
सारांश
- बैतडीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, भने तीन जना घाइते भएका छन्।
- धनगढीबाट दार्चुलातर्फ आउँदै गरेको ट्याक्टर पाटन नगरपालिकामा दुर्घटना भएको हो।
- दुर्घटनामा परी दार्चुलाका करन बुढामगरको घटनास्थलमै मृत्यु भएको छ, घाइतेहरुलाई उपचारका लागि डडेलधुरा पठाइएको छ।
काठमाडौँ । बैतडीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
धनगढीबाट दार्चुलातर्फ आउँदै गरेको म १ त १०१३ नम्बरको ट्याक्टर आज बिहान करिब ९:३० बजेको समयमा पाटन नगरपालिका–८ अनारखोलीमा दुर्घटनामा परेको हो। दुर्घटनामा परेर दार्चुला जिल्लाका अन्दाजी २०–२१ वर्षका करन बुढामगरको घटनास्थलमै मृत्यु भएको छ।
दुर्घटनामा घाइते भएका तीन जनालाई उद्धार गरी उपचारका लागि डडेलधुरा अस्पताल पठाइएको छ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहका अनुसार ट्रयाक्टरमा चालकसहित चार जना सवार थिए। अनियन्त्रित भएर ट्याक्टर सडकबाट करिब ५० मिटर तल खसेको थियो।
दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको र अन्य विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आर्थिक विधेयकमा भएको हेरफेरबारे अर्थमन्त्रीले संसद्मा स्पष्ट पार्नुपर्छ : वर्षमान पुन
-
देशभरका २६३ स्थायी प्रहरी चौकी जीर्ण, भत्किने डरैडरमा काम गर्दै सुरक्षाकर्मी: आईजीपी कार्की
-
सुदूरपश्चिम मन्त्रिपरिषद् बैठक : बिदा भएर निस्किए मन्त्रीहरू
-
हुम्ला–बाजुरा सीमा विवादको दीर्घकालीन समाधान खोज्न संसदीय समितिको निर्देशन
-
नेप्सेमा २० अङ्कको गिरावट, ४ अर्ब माथिको कारोबार
-
नेपालको जलवायु उत्थानशीलता र कृषिको दिगो विकासमा बेलायतको सहयोग जारी रहने प्रतिबद्धता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण