कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव पौडेलले दिए राजीनामा
काठमाडौँ । नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बिहीबार पदबाट राजीनामा दिएका छन्। निर्वाचन क्षेत्रमा काम गर्नका लागि आफूले बिहीबार पदबाट राजीनामा दिएको पौडेलले रातोपाटीलाई जानकारी दिए ।
पौडेल कांग्रेसको पुस २७ देखि ३० गतेसम्म भएको विशेष महाधिवेशनको विपक्षमा थिए । तत्कालीन संस्थापन शेरबहादुर देउवा समूह र डा. शेखर कोइराला समूह पनि विशेष महाधिवेशनको विपक्षमा थियो ।
तत्कालीन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा भएको विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिएको थियो ।
आयोगको मान्यताविरुद्ध सर्वोच्च अदालतमा गएको देउवा समूहले अन्तरिम आदेश नपाएपछि विशेष महाधिवेशनबाट सभापतिमा चयन भएका गगन थापा नेतृत्वको समूह शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा जाँदै छ । त्यसको अघिल्लो दिन पौडेलले पदबाट राजीनामा दिएका हुन् ।
पौडेललाई १३ औँ महाधिवेशनबाट देउवा कांग्रेस सभापतिमा निर्वाचित भएपछि मुख्यसचिव नियुक्त गरेका थिए । पौडेल राष्ट्रिय सभाका सांसद छन् ।
शुक्रबार विशेष महाधिवेशनबाट आएको केन्द्रीय कार्यसमितिको बैठक पार्टी कार्यालय सानेपामा बस्दैछ । त्यो बैठकबारे सूचना सचिव प्रकाश शर्माले निकालेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफाद्वारा २०२६ विश्वकपको उत्कृष्ट टोली सार्वजनिक: गोल्डेन ग्लोभ विजेता नै टिममा परेनन्
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण