सूचना प्रविधिको उपयोगमा जोड दिन कांग्रेसका बझाङका उम्मेदवार स्नेहीलाई सुझाव
बिहीबार, ०८ माघ २०८२, १७ : २५
काठमाडाैँ । नेपाली कांग्रेसका बझाङ प्रतिनिधिसभाका उम्मेदवार प्रकाश रसाइली स्नेहीलाई निर्वाचनमा सूचना प्रविधिको प्रयोगमा जोड दिन सुझाव दिइएको छ ।
नेपाल विद्यार्थी संघ (नेवि) संघ बझाङका नेता, कार्यकर्ताहरुले निर्वाचनमा विजयी हुनका लागि सूचना प्रविधिको प्रभावकारी परिचालनमा जोड दिनुपर्ने, पार्टी भित्र एकताको सन्देश प्रवाह गर्नुपर्नेलगायतका सुझाव दिएका हुन् ।
कांग्रेसका सहमहामन्त्री समेत रहनुभएका स्नेहीलाई जातीय नाराभन्दा माथि उठेर विकास र समृद्धिको एजेण्डामा केन्द्रित हुन पनि आग्रह गरिएको नेविसंघ बझाङले जनाएको छ ।
निर्वाचनको कामलाई प्रभावकारी रुपमा अघि बढाउन आवश्यक्ता अनुसार सम्पर्क कार्यालयहरुको स्थापना, मिडिया सकारात्मक सन्देश दिने खालका सामग्रीहरुको उपयोग गर्नुपर्नेमा पनि उम्मेदवार स्नेहीको ध्यानाकर्षण गराइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आर्थिक विधेयकमा भएको हेरफेरबारे अर्थमन्त्रीले संसद्मा स्पष्ट पार्नुपर्छ : वर्षमान पुन
-
देशभरका २६३ स्थायी प्रहरी चौकी जीर्ण, भत्किने डरैडरमा काम गर्दै सुरक्षाकर्मी: आईजीपी कार्की
-
सुदूरपश्चिम मन्त्रिपरिषद् बैठक : बिदा भएर निस्किए मन्त्रीहरू
-
हुम्ला–बाजुरा सीमा विवादको दीर्घकालीन समाधान खोज्न संसदीय समितिको निर्देशन
-
नेप्सेमा २० अङ्कको गिरावट, ४ अर्ब माथिको कारोबार
-
नेपालको जलवायु उत्थानशीलता र कृषिको दिगो विकासमा बेलायतको सहयोग जारी रहने प्रतिबद्धता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण