नेपाली कम्युनिष्ट पार्टीलाई जनताले पहिलो पार्टी बनाउन चाहेका छन् : माधव नेपाल
काठमाडाैँ । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आसन्न निर्वाचनमा जनताले आफ्नो पार्टीलाई विजयी गराउन चाहेको दाबी गरेका छन् । शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।
सहसंयोजक नेपालले नेपाली कम्युनिष्ट पार्टी (नेकपा) लाई पहिलो पार्टी बनाउन देशभर लहर नै चलेको जिकिर समेत गरे । उनले युवा पुस्ताको चाहना र नेपाली जनताको भावनाअनुसार काम गर्ने भएकाले पनि नेपाली जनताले आफ्नो पार्टीलाई रुचाएको बताए ।
उनले भने,‘चुनावमा जनताले जिताउन चाहेका छन् नेपाली कम्युनिष्ट पार्टीलाई । सबैभन्दा ठूलो नम्बर एक पार्टीको रुपमा यसलाई विजयी बनाउनका लागि मेचीदेखि महाकालीसम्म एउटा अभियान चलिरहेको छ । लहर चलिरहेको छ । त्यसको अगुवाइ ओखलढुंगाले गर्नुपर्छ । यतिकै भनिएको होइन मेरो प्यारो ओखलढुंगा । यो जिल्लाले पूर्वलाई पनि तरंगित गर्नेछ, पश्चिमलाई पनि तरंंगित गर्नेछ । हिमाल, पहाड तराई सबैलाई तरंगित गर्नेछ । यसले अहिलेको चुनावमा कीर्तिमान त कायम गर्छ । जनताको भावनाअनुसार हामी काम अघि बढाउनेछौँ ।’
सहसंयोजक नेपालले जेनजी पुस्ताको भावनाअनुसार आफूहरु अघि बढिरहेको पनि दाबी गरे । –न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिमानी मूल्यका ऋषभ पन्तले तलब घटाएर रोजे पुरानै टोली, कुलदीपसँग भयो साटासाट
-
त्रिवि केन्द्रीय क्याम्पसमा पोस्टर प्रदर्शन, तस्बिरहरू
-
शिक्षा ऐन नआउँदा विद्यालय शिक्षामा विकृति र व्यवस्थापकीय समस्या देखियो : शिक्षासचिव पौडेल
-
चीनमा भारी वर्षाका कारण ९ हजार भन्दा बढी बिस्थापित, विद्यालयहरू बन्द
-
५ दिनभित्र होल्डिङ सेन्टर खाली गर्न सुकुमबासीलाई अल्टिमेटम
-
नेपालमा बोसमो पहिलो ब्रान्ड स्टोर सञ्चालन, प्रिमियम होम अप्लायन्स बजारमा विस्तार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण