मोरङमा ६ जनाले उम्मेदवारी फिर्ता लिएसँगै ११२ उम्मेदवार कायम
शुक्रबार, ०९ माघ २०८२, १८ : ०२
विराटनगर । मोरङका ११८ जना उम्मेदवार मध्ये ६ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि माघ ६ गते मनोनयन गरेका ६ जनाले उम्मेदवारी फिर्ता लिएका हुन् ।
जसमा मोरङ क्षेत्र नम्बर १ बाट जनता समाजवादी पार्टी नेपालका उम्मेदवार दुर्गाप्रसाद दर्लामीले उम्मेदवारी फिर्ता लिएका छन् ।
यस्तै मोरङ क्षेत्र नम्बर ३ बाट तीन जना स्वतन्त्र उम्मेदवारले नाम फिर्ता लिएका छन् ।
मोरङ क्षेत्र नम्बर ६ बाट नेपाल मजदुर किसान पार्टीका तिलकराम राजवंशी र स्वतन्त्र उम्मेदवार राम खत्रीले पनि उम्मेदवारी फिर्ता लिएका छन् ।
योसँगै मोरङका ६ निर्वाचन क्षेत्रमा २६ दलका ८७ जना र २५ जना स्वतन्त्र गरी ११२ जना उम्मेदवार कायम भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेशको बजेट ३७ अर्ब हाराहारी, सांसदलाई विकास योजनामा ४ करोडसम्म
-
परराष्ट्रमन्त्री खनालले चीनको संशयलाई मेट्न सक्लान् ?
-
चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रदेश सभामा प्रस्तुत
-
सुनितालाई घरमै नागरिकता
-
प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने
-
शिव परियारको स्वरमा ‘माया’ गजल सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण