छात्रवृत्तिमा अध्ययनरत विद्यार्थीबाट रकम लिइएको भन्दै स्ववियु अमृत क्याम्पस आन्दोलनमा
काठमाडौँ । छात्रवृत्तिमा अध्ययनरत विद्यार्थीबाट रकम लिइएको भन्दै स्ववियु अमृत क्याम्पसले विद्यार्थीहरूको छात्रवृत्तिको हकहित सुनिश्चित नहुन्जेलसम्म आन्दोलनमा रहने जनाएको छ ।
शुक्रबार स्ववियु अध्यक्ष रुद्रहरी पोखरेलले विज्ञप्ति जारी गर्दै विद्यार्थीहरूको छात्रवृत्तिको हकहित सुनिश्चित नहुन्जेलसम्म आन्दोलनमा रहने जानकारी दिएको हो ।
विभिन्न निजी कलेजमा काठमाडौँ महानगरको पूर्ण छात्रवृत्तिमा अध्ययनरत विद्यार्थीबाट गुनासो आएपछि अमृत क्याम्पसका विद्यार्थीहरूले सामाखुसीको एक कलेजमा अनुगमन गरेको थियो । अनुगमनका क्रममा छात्रवृत्तिमा अध्ययनरत विद्यार्थीबाट हजारौँ रकम असुल गरेको पाइएको थियो ।
उनका अनुसार अरू निजी क्याम्पस/कलेजमा पनि सोही अवस्था रहेको हुँदा हरेक विद्यार्थीको पैसा फिर्ता नहुन्जेल र विद्यार्थीहरूको छात्रवृत्तिको हक सुनिश्चित नहुन्जेल स्वतन्त्र विद्यार्थी युनियन अमृत क्याम्पस निरन्तर आन्दोलनरत रहने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मदन भण्डारी कप भलिबल : टिप टप न्यु डायमन्ड र न्यु डायमन्ड एकेडेमी फाइनलमा
-
कङ्गोलाई हराउँदै कोलम्बिया नकआउट चरणमा
-
बाँसबारी माध्यमिक विद्यालयले जित्यो अन्तर विद्यालय खुला फुटसलको उपाधि
-
एनओसी अवार्ड : करातेकी एरिका र उसुका विजय वर्ष उत्कृष्ट खेलाडी
-
सरकार एमालेप्रति पूर्वाग्रही बन्यो : भट्ट
-
तीन दिन कोशी, बागमती र गण्डकीका स-साना नदीमा बहाव बढ्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण