सशस्त्रको विपद् व्यवस्थापन तालिम शिक्षालयलाई रनिङ्ग अवार्ड
शनिबार, १० माघ २०८२, १० : ३९
काठमाडौँ । चितवनको कुरिनटार स्थित सशस्त्र प्रहरीको विपद् व्यवस्थापन शिक्षालयले रनिङ्ग अवार्ड जितेको छ । केन्द्रीय निरीक्षणमा प्रथम हुन सफल शिक्षालयका प्रमुख (समादेशक) एसएसपी भरत खनियालाई सशस्त्र प्रहरीका आइजी राजु अर्यालले अवार्ड प्रदान गरे ।
सशस्त्र प्रहरी मुख्यालय हलचोकमा आयोजित समारोहमा आइजी अर्यालले उनलाई अवार्ड प्रदान गरेका हुन् । यसअघि पनि तालिम शिक्षालय तर्फ कुरिनटार प्रथम भएको थियो ।
सशस्त्र प्रहरी प्रधान कार्यालयबाट भएको केन्द्रीय निरीक्षणको क्रममा देशभरका शिक्षालयहरू मध्ये कुरिनटार उत्कृष्ट ठहरिएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्र निर्माणका लागि राष्ट्रिय सहमतिको आवश्यकता
-
क्रियाशील सदस्यता ‘अध्यावधिक’बाट घट्यो कांग्रेसको साइज
-
नेपालमै पहिलो पटक एनिमेसन चलचित्र महोत्सव–२०२६ हुने
-
नेपाल सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’को सूचीमा कायमै, एफएटीएफले दियो ६ बुँदे निर्देशन
-
गर्भवती महिलाको उद्धार
-
पूर्वमन्त्री खरेलको पार्थिव शरीर कांग्रेस मुख्यालयमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण