मुलुकमा ठूलो फेरबदल जरुरी छ : नेता जबरा
काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपति शमशेर जबराले मुलुकमा ठूलो फेरबदल जरुरी रहेको बताएका छन् । शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले नेपालमा राजतन्त्र हटाएर गणतन्त्त ल्याएपछि राजनीतिक दलहरुले सञ्चालन गरेको सरकारको क्षमता र स्तर आफूले हेरिसकेकाले अब वर्तमान शासन प्रणालीबाट पार नलाग्ने बताए । जबराले ठूला पार्टीहरु भ्रष्टाचारमा लिप्त भएको र नागरिकका कामरु नगरेकाले अब राप्रपा नै एकमात्र विकल्प रहेको बताए ।
मुलुकमा धर्म, संस्कृति, परम्परालाई कायम राख्न पनि राजतन्त्रको पुनःस्थापना जरुरी रहेको बताए । उनले भने, ‘यो मुलुकमा हामीले धेरै हेरिसक्यौँ । ठूला पार्टीहरुबाट चलाइएको, ठूला पार्टीहरुबाट सञ्चालन गरिएको धेरै कुरा देख्यौँ । अन्त्यमा गएर भ्रष्टाचारमा लुप्त भए । मुलुकलाई दक्षताका साथ चलाउने उनीहरुमा क्षमता छैन । यो परिस्थितिलाई बुझेर राष्ट्रिय प्रजातन्त्र पार्टीले मुलुकमा धर्म, संस्कृति, परम्परा कायम राख्दै एउटा ठूलो फेरबदल चाहिन्छ । त्यसबारे सचेत गर्न राप्रपाका सम्पूर्ण उम्मेदवारहरुलाई चुनावमा विजयी गर्न यो मञ्चबाट आह्वान गर्न चाहन्छु ।’
उनले काठमाडौँ ५ बाट कमल थापालाई विजयी गराउन पनि आह्वान गरे । -न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण