सुदूरपश्चिम प्रदेश : राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी पूरा
कैलाली । सुदूरपश्चिम प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि आइतबार हुन लागेको निर्वाचनको तयारी पूरा भएको छ । प्रदेश निर्वाचन कार्यालय कैलालीमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालय परिसरमा मतदानस्थल स्थापना गरिएको छ ।
निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टले राष्ट्रियसभा सदस्यको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए । उनका अनुसार राष्ट्रियसभा सदस्य निर्वाचनमा सुदूरपश्चिम प्रदेशबाट चार जनाबीच प्रतिस्पर्धा हुँदैछ ।
प्रदेशबाट रिक्त हुन लागेको राष्ट्रियसभा सदस्यको एक स्थानका लागि नेपाली कांग्रेसका खम्मबहादुर खाती र नेपाली कम्युनिष्ट पार्टीका टीकाराम जैसी, एक महिला कोटाका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले)की लिलाकुमारी भण्डारी र नेपाली कम्युनिष्ट पार्टीकी रोजी बस्नेतले उम्मेदवारी दिएका छन् । यस प्रदेशबाट राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने दुई सदस्य (एक महिला एक पुरुष)को पदावधि सकिन लागेकाले निर्वाचन हुन लागेको हो ।
राष्ट्रियसभा सदस्य पदको निर्वाचनमा प्रदेशसभाका सदस्य र पालिका तहका प्रमुख/उपप्रमुख र अध्यक्ष/उपाध्यक्ष मतदाता रहने कानुनी व्यवस्था छ । प्रदेशमा यो निर्वाचनका लागि ५१ प्रदेशसभा सदस्य मतदाता छन् । प्रदेशसभाका एक सदस्यले पदबाट राजीनामा गरेका छन् भने एक जना निलम्बनमा छन् । यस्तै प्रदेशका सबै पालिका तहका प्रमुख/उप्रमुख र अध्यक्ष/उपाध्यक्ष गरी १७३ मतदाता छन् ।
यसैबिच नेपाली कांग्रेस र एमालेको प्रदेशसभा संसदीय दलको आज धनगढीमा बसैको संयुक्त बैठकले भोलि हुने निर्वाचनमा यसअघि भएको गठबन्धनअनुसार जाने निर्णय गरेको छ । एमालेका प्रदेश सचिव रणबहादुर चन्दले भने, “दुवै दलको संसदीय दलको आज धनगढीमा संयुक्त बैठक बसेको हो । दुवै दलबाट पालिका तहमा निर्वाचित प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्षको बैठकमा यसअघि भएको सहमतिअनुसार राष्ट्रियसभा सदस्यको निर्वाचनमा जाने निर्णय भएको छ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिम तराईमा अत्यधिक गर्मी, नेपालगन्जको तापक्रम ४१ डिग्रीसम्म पुग्ने पूर्वानुमान
-
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
विष्णु पौडेल पक्राउपछि एमालेले बोलायो संसदीय दल र सचिवालयका छुट्टाछुट्टै बैठक
-
सम्पत्ति छानबिनको मागमा अझै अडिग छु : जनार्दन शर्मा
-
रास्वपा महाधिवेशनः प्रतिनिधिलाई परिचयपत्र वितरण गर्न थालियो, दिउँसो १ बजेदेखि बन्दसत्र
-
गोल्डेन बुटको रोमाञ्चक दौड : कसले मार्ला बाजी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण