म्यानचेस्टर सिटीको दबदबा कायम, वुल्भ्समाथि २–० को सहज जित
सारांश
- म्यानचेस्टर सिटीले वुल्भ्सलाई २-० ले पराजित गर्दै महत्त्वपूर्ण तीन अंक जोड्यो।
- खेलको छैटौँ मिनेटमा ओमार मार्मुशले गोल गर्दै सिटीलाई अग्रता दिलाए।
- जितसँगै म्यानचेस्टर सिटी लिग तालिकाको दोस्रो स्थानमा उक्लियो।
काठमाडौँ । इङ्लिस प्रिमियर लिगअन्तर्गत आज सम्पन्न खेलमा म्यानचेस्टर सिटीले वुल्भ्सलाई २–० ले पराजित गर्दै महत्त्वपूर्ण तीन अंक जोडेको छ । घरेलु मैदानमा प्रभावशाली प्रदर्शन गरेको सिटीले खेलको सुरुवातदेखि नै बलमाथि नियन्त्रण राख्दै विपक्षीलाई दबाबमा राख्यो ।
खेलको छैटौँ मिनेटमै ओमार मार्मुशले गोल गर्दै सिटीलाई अग्रता दिलाए । सुरुवाती गोलसँगै आक्रामक बनेको सिटीले निरन्तर अवसर सिर्जना गरिरह्यो । पहिलो हाफको इन्जुरी समयमा एन्टोइन सेमेन्योले अर्को गोल थपेपछि सिटी २–० को स्पष्ट अग्रतासहित विश्राममा गएको थियो ।
दोस्रो हाफमा वुल्भ्सले खेलमा फर्कने प्रयास गरे पनि सफल हुन सकेन ।
जितसँगै म्यानचेस्टर सिटी ४६ अंकसहित लिग तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । यता, वुल्भ्स भने ८ अंकसहित तालिकाको पुछारमा २०औँ स्थानमा सीमित छ ।
त्यस्तै आजै सम्पन्न अर्को बर्नली र टोटेनहमबिचको खेल २–२ को बराबरीमा सकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुर्खेतमा अपराधजन्य घटनाको ग्राफ बढ्दो
-
जीडब्ल्युएम ओरा ५ ईभीमा आफ्नै अत्याधुनिक प्रविधिको ब्याट्री प्रयोग
-
बजेट कार्यान्वयनबारे अर्थ मन्त्रालयले जारी गर्यो ३७ बुँदे मार्गदर्शन (पूर्णपाठ)
-
ब्रिटिश स्टिलबारे चीनको क्षतिपूर्ति माग
-
रास्वपाको बागलुङ कार्यसमिति बदर, कैलाली कार्यसमिति सदर
-
यो वर्षको ‘भीपी अग्रवाल उत्कृष्ट शिक्षक अवार्ड’ पाँच शिक्षकलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण