रुस, युक्रेन र अमेरिकाबिचको पहिलो त्रिपक्षीय शान्ति वार्ता उपलब्धिहीन
सारांश
- अबुधाबीमा रुस, युक्रेन र अमेरिकाबीचको पहिलो त्रिपक्षीय शान्ति वार्ता बिना कुनै ठोस उपलब्धी सकियो।
- दुवै पक्षबीच आक्रमण जारी रहँदा वार्ता निष्कर्षविहीन बन्यो, तर अर्को हप्ता दोस्रो बैठक बस्ने सम्भावना छ।
- रुसी हवाई आक्रमणले युक्रेनको ऊर्जा पूर्वाधारलाई लक्षित गर्दा, दुई दिने वार्तामा एक जनाको मृत्यु भयो।
किभ । अबुधाबीमा रुस, युक्रेन र अमेरिकाबीच भएको पहिलो त्रिपक्षीय शान्ति वार्ता कुनै ठोस उपलब्धि बिना सकिएको छ । दुवै पक्षबीच आक्रमण जारी रहँदा वार्ता निष्कर्षविहीन बनेको हो । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अर्को हप्ताको सुरुमै दोस्रो बैठक बस्ने सम्भावनातर्फ संकेत गरेका छन् । एक अमेरिकी अधिकारीले फेब्रुअरी १ मा वार्ताको नयाँ चरण सुरु हुने बताएका छन् ।
रूसी हवाई आक्रमणले युक्रेनको पहिल्यै गम्भीर रूपमा क्षतिग्रस्त ऊर्जा पूर्वाधारलाई लक्षित गरिरहेकै बेला दुई दिने वार्ता समाप्त भएको हो । ती आक्रमणमा एक जनाको मृत्यु भएको र ३५ जना घाइते भएको बताइएको छ । उता, रुसले युक्रेनले आफ्नो नियन्त्रणमा रहेको युक्रेनी क्षेत्रमा एम्बुलेन्समाथि आक्रमण गरेको आरोप लगाएको छ । उक्त आक्रमणमा तीन जना चिकित्सकको मृत्यु भएको रुसको दाबी छ । बेल्गोरोडस्थित ऊर्जा पूर्वाधारमा युक्रेनी मिसाइल आक्रमण भएको पनि बताइएको छ । यद्यपि, बीबीसीले यी दाबीहरू स्वतन्त्र रूपमा पुष्टि गर्न सकेको छैन ।
सन् २०२२ मा रुसले युक्रेनमाथि पूर्णस्तरको आक्रमण सुरु गरेपछि अबुधाबीमा भएको यो पहिलो त्रिपक्षीय बैठक हो । ‘छलफलको केन्द्रबिन्दु युद्ध अन्त्य गर्ने सम्भावित मापदण्डहरू थिए,’ जेलेन्स्कीले माइक्रोब्लगिङ वेबसाइट एक्समा लेखेका छन् । ‘युद्ध अन्त्य गर्ने र वास्तविक सुरक्षा सुनिश्चित गर्ने प्रक्रियामा अमेरिकी अनुगमन तथा निरीक्षणको आवश्यकता रहेको बुझाइलाई म अत्यधिक महत्व दिन्छु,’ उनले लेखेका छन् ।
अर्को चरणको वार्ता आगामी आइतबार अबुधाबीमै सुरु हुने एक अमेरिकी अधिकारीले नाम गोप्य राख्ने सर्तमा बताएका छन् । बीबीसीका अनुसार, वार्ता अगाडि बढाउन सकारात्मक संकेत देखिएको र दुई दिनको छलफलमा उल्लेख्य प्रगति भएको अधिकारीको भनाइ छ । रुस, युक्रेन र अमेरिकासँग वार्ताको निरन्तरताका लागि खुला रहेको रुसको सरकारी समाचार संस्था रिया–नोभोस्तीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सानोभेरी नदीमा अस्पतालका सुरक्षा गार्ड मृत फेला
-
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
-
५ हजार शुल्क महँगो भएको प्रतिनिधिको गुनासो, तर भन्छन्, ‘भ्रष्टाचार रोक्न आफैँ खर्च गर्छौं’
-
लागुऔषधसहित वडासदस्य जैरू पक्राउ
-
वडाध्यक्षमाथि हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ
-
बन्द सत्रमा कडा सुरक्षा : बाउन्सरदेखि मेटल डिटेक्टरसम्म परिचालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण