जापानको यस्तो बार जहाँ ४० कटेकालाई प्रवेशमा सकस
सारांश
- टोकियोको एक बारले उमेर समूहका आधारमा ग्राहक छनोट गर्न थालेको छ।
- बारले २० देखि ३९ वर्षका युवालाई मात्रै प्रवेश दिने नीति लिएको छ, जसले गर्दा ४० वर्ष माथिकालाई निरुत्साहित गरेको छ।
- बार सञ्चालकले 'मनले युवा' पाका ग्राहकलाई भने सर्तसहित प्रवेश दिने बताएका छन्।
टोकियो । जापानको टोकियोस्थित सिबुयामा सञ्चालित एउटा अनौठो बारले उमेरका आधारमा ग्राहक छनोट गर्न थालेपछि अहिले यसको व्यापक चर्चा भइरहेको छ। 'इजाकाया' शैलीको उक्त बारले २० देखि ३९ वर्षसम्मका युवाहरूलाई मात्र लक्षित गर्दै ४० वर्षभन्दा माथिका व्यक्तिहरूलाई प्रवेशमा निरुत्साहित गर्ने नीति लिएको हो।
बारको प्रवेशद्वारमै युवा पुस्ताका लागि मात्र लक्षित गरिएको चेतावनीमूलक बोर्ड राखिएको छ। बार व्यवस्थापनका अनुसार यो नियम व्यापार घटाउन नभई युवाहरूलाई स्वतन्त्र र उल्लासमय वातावरण प्रदान गर्नका लागि ल्याइएको हो।
पाका उमेरका ग्राहकहरू आउँदा युवाहरूको हल्ला र रमाइलोप्रति बढी गुनासो आउने गरेको र यसले गर्दा दुवै पक्षलाई असहज हुने भएकाले यस्तो निर्णय गरिएको कर्मचारीहरू बताउँछन्। बारमा आउने ९० प्रतिशत ग्राहक २० वर्ष आसपासका हुने गरेका छन्।
बारमा रमाइरहेका युवाहरूले यो पहलको स्वागत गरेका छन्। उनीहरूले आफ्नो उमेर समूहका व्यक्तिहरू मात्र हुँदा अरूलाई बाधा पुग्ला कि भन्ने चिन्ता नगरी खुलेर रमाइलो गर्न पाइने बताएका छन्।
यद्यपि, बार सञ्चालकले ४० कटेकालाई पूर्ण रूपमा प्रतिबन्ध भने लगाएका छैनन्। ‘मनले युवा' भएका र भित्रको हल्लाखल्लामा भिज्न सक्ने पाका ग्राहकलाई पनि सर्तसहित प्रवेश दिने गरिएको छ।
बारका कर्मचारीले ढोकामै ४० कटेका ग्राहकलाई ‘भित्र धेरै हल्ला हुन सक्छ, तपाईँलाई गाह्रो त हुँदैन?’ भनेर पहिल्यै सोध्ने गर्छन्। यदि ग्राहकले त्यसमा सहमति जनाएमा उनीहरूलाई भित्र जान दिइन्छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हेजबुल्लासँग उद्धार बन्न नेतान्याहुलाई ट्रम्पको आग्रह
-
आन्तरिक राजस्व बढ्दा लुम्बिनी प्रदेशको आम्दानी २६ अर्ब नाघ्यो
-
महावीर पुनले भने : नवप्रवर्तन मन्त्रालयलाई बजेट धेरै भयो
-
तनहुँमा वन्यजन्तुको आक्रमणबाट ९ वर्षमा १७ बालबालिकाको गयो ज्यान
-
ठाउँ ठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री
-
दाेलखाकाे म्याग्नेसाइट उद्योग सञ्चालनका लागि सांसद रिजालको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण