बेदुराम भुसाल राष्ट्रिय सभा संसदीय दलको नेता नियुक्त
आइतबार, ११ माघ २०८२, १४ : ५५
सारांश
- नेकपाको राष्ट्रिय सभा संसदीय दलको बैठक सिंहदरबारमा सम्पन्न भयो।
- बैठकले बेदुराम भुसाललाई संसदीय दलको नेता नियुक्त गरेको छ।
- मदनकुमारी शाह 'गरिमा' प्रमुख सचेतक र गङ्गा बेलवासे सचेतक नियुक्त भए।
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)को राष्ट्रिय सभा संसदीय दलको बैठक आइतबार सिंहदरबारमा सम्पन्न भएको छ।
बैठकले बेदुराम भुसाललाई संसदीय दलको नेता नियुक्त गरेको छ।
त्यसैगरी, प्रमुख सचेतकमा मदनकुमारी शाह ‘गरिमा’ र सचेतकमा गङ्गा बेलवासेलाई नियुक्त गरिएको छ।

यसअघि दलको नेता रहेका नारायणकाजी श्रेष्ठले राजीनामा दिएर प्रतिनिधि सभा निर्वाचनको उम्मेदवार बनेपछि राष्ट्रिय सभामा प्रभावकारी भूमिका निर्वाह गर्ने उद्देश्यसहित भुसाललाई संसदीय दलको नेता तोकिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परीक्षामा धाँधली रोक्न भारत सरकारले लगाएको टेलिग्राम प्रतिबन्ध फुकुवा
-
कीर्तिमानी मूल्यका ऋषभ पन्तले तलब घटाएर रोजे पुरानै टोली, कुलदीपसँग भयो साटासाट
-
त्रिवि केन्द्रीय क्याम्पसमा पोस्टर प्रदर्शन, तस्बिरहरू
-
शिक्षा ऐन नआउँदा विद्यालय शिक्षामा विकृति र व्यवस्थापकीय समस्या देखियो : शिक्षासचिव पौडेल
-
चीनमा भारी वर्षाका कारण ९ हजार भन्दा बढी बिस्थापित, विद्यालयहरू बन्द
-
५ दिनभित्र होल्डिङ सेन्टर खाली गर्न सुकुमबासीलाई अल्टिमेटम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण