प्रदेशसभा सदस्य अन्सारी, मेयरद्वय साह र पाण्डेले गरेनन् मतदान
आइतबार, ११ माघ २०८२, १६ : ४२
जनकपुर। आइतबार भएको राष्ट्रियसभा सदस्य निर्वाचनमा मधेस प्रदेशसभाका एक सदस्य र दुई मेयरले मतदान गरेनन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रदेशसभा सदस्य विमला अन्सारीले मतदान गरिनन् । पूर्वमन्त्री समेत रहेकी उनी महोत्तरी ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका रिजमान अन्सारीकी श्रीमती हुन् ।
त्यस्तै, जनकपुर उपमहानगरपालिकाका मेयर मनोज साहले मतदान गरेनन् । महोत्तरीको मनरशिसवा नगरपालिकाका मेयर मोहन पाण्डेले पनि मतदान नगरेको पाइएको छ ।
मधेसमा १०० प्रदेश सांसदमध्ये ९९ जना र २६४ स्थानीय तहका प्रमुख उपप्रमुखमध्ये २४२ जनाले मतदान नगरेको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिम तराईमा अत्यधिक गर्मी, नेपालगन्जको तापक्रम ४१ डिग्रीसम्म पुग्ने पूर्वानुमान
-
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
विष्णु पौडेल पक्राउपछि एमालेले बोलायो संसदीय दल र सचिवालयका छुट्टाछुट्टै बैठक
-
सम्पत्ति छानबिनको मागमा अझै अडिग छु : जनार्दन शर्मा
-
रास्वपा महाधिवेशनः प्रतिनिधिलाई परिचयपत्र वितरण गर्न थालियो, दिउँसो १ बजेदेखि बन्दसत्र
-
गोल्डेन बुटको रोमाञ्चक दौड : कसले मार्ला बाजी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण