अपराध
फेक रेस्क्युमा संलग्न आरोपमा ६ जना पक्राउ
आइतबार, ११ माघ २०८२, १८ : ३०
सारांश
- पर्वतारोहण र ट्रेकिङ क्षेत्रमा फेक रेस्क्यु गरेको आरोपमा सीआईबीले ६ जनालाई पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा माउन्टेन रेस्क्यु सर्भिसका सञ्चालक जयराम रिमाल लगायत छन्।
- आइतबार काठमाडौँबाट उनीहरूलाई पक्राउ गरिएको सीआईबीका एआईजी डा. मनोज केसीले जानकारी दिए।
काठमाडौँ । पर्वतारोहण र ट्रेकिङ क्षेत्रमा भएको फेक रेस्क्युमा संलग्न आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ६ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा माउन्टेन रेस्क्यु सर्भिस प्रालिका सञ्चालक जयराम रिमाल, म्यानेजर विवेक पाण्डे, नेपाल चार्टर्ड सर्भिसका सञ्चालक रविन्द्र अधिकारी र अपरेशन म्यानेजर विवेक राज थपलिया छन् ।
एभरेष्ट एक्सपेरियन्स एण्ड एसोसिएट्स प्रालिका सञ्चालक मुक्ति पाण्डे र म्यानेजर सुभाष केसी छन् । आरोपीहरूलाई आइतबार काठमाडौँबाट पक्राउ गरिएको सीआईबीका एआईजी डा. मनोज केसीले पत्रकार सम्मेलन गरेर जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
-
भारत भ्रमणपछि रवि लामिछाने थप शक्तिशाली बन्दैछन् ?
-
एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण