चार्टर्ड एकाउण्टेण्ट्सलाई गरिमा विकासको १५ लाखसम्म बिना धितो कर्जा र आकर्षक ब्याजदर
सारांश
- गरिमा विकास बैंक र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघबीच सहुलियतपूर्ण कर्जा सम्झौता भएको छ।
- सम्झौताअनुसार, चार्टर्ड एकाउन्टेन्टहरूले क्रेडिट कार्ड र १५ लाखसम्मको व्यक्तिगत कर्जा पाउनेछन्।
- बैंकले घर र सवारी साधन कर्जामा पनि आकर्षक ब्याजदरको प्रस्ताव गरेको छ।
काठमाडौँ । गरिमा विकास बैंक लिमिटेड र नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघ (एक्यान) बिच चार्टर्ड एकाउण्टेण्टहरुलाई लक्षित गर्दै विशेष सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने विषयमा महत्त्वपूर्ण सम्झौता भएको छ। यस सम्झौतासँगै अब संघमा आबद्ध सदस्यहरुले बैंकबाट विभिन्न बैंकिङ सुविधाहरूमा विशेष छुट र प्राथमिकता पाउने निश्चित भएको हो।
सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्याय र नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघका तर्फबाट अध्यक्ष अनुप नेपालले हस्ताक्षर गरेका छन्। यो सहकार्यपछि चार्टर्ड एकाउण्टेण्टहरुले न्यूनतम कागजी प्रक्रियामै ७५ हजारदेखि ५ लाख रुपैयाँसम्मको क्रेडिट कार्ड सुविधा पाउनेछन्। यसका साथै आवश्यक प्रक्रिया पूरा गरी बिना धितो १५ लाख रुपैयाँसम्मको व्यक्तिगत प्रोफेसनल कर्जा समेत उपभोग गर्न पाउने व्यवस्था मिलाइएको छ।
बैंकले पेसाकर्मीहरूको आवश्यकतालाई मध्यनजर गर्दै घर कर्जा र सवारी साधन कर्जामा समेत आकर्षक ब्याजदरको प्रस्ताव गरेको छ। हाल बैंकले 'अब आफ्नै घर' नारासहित ६.४९ प्रतिशतदेखि नै आवास कर्जा र ५.९९ प्रतिशतदेखि व्यावसायिक (एसएमई) कर्जा उपलब्ध गराइरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पकालीन आप्रवासन नियमविरुद्ध लडेका समूहलाई कानुनी शुल्क दिन अदालतको अस्वीकार
-
संसदमा मन्त्रीहरूले नियम मिचेको भन्दै एमालेको आपत्ति
-
सुरुङ खनेर तीन घरमा चोरी
-
रक्षा मन्त्रालयको बजेट किताब उपलब्ध गराइयोस् : हर्क साम्पाङ
-
कांग्रेसले संसदमा खोज्यो प्रधानमन्त्री र गृहमन्त्रीबारेको छानबिन प्रतिवेदन
-
प्रतिपक्षको रचनात्मक भूमिकालाई कमजोरी नठान्न नेकपाको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण