आर्सनललाई स्तब्ध पार्दै म्यानचेस्टर युनाइटेडको रोमाञ्चक जित
सारांश
- आइतबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले आर्सनललाई ३-२ गोलले पराजित गर्यो।
- खेलमा युनाइटेडले अन्तिम समयमा निर्णायक गोल गर्दै महत्वपूर्ण तीन अंक जोड्यो।
- जितसँगै युनाइटेड लिग तालिकाको चौथो स्थानमा उक्लियो, आर्सनल भने शीर्ष स्थानमा यथावत छ।
काठमाडौँ । इङ्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको रोमाञ्चक भिडन्तमा म्यानचेस्टर युनाइटेडले शीर्ष स्थानमा रहेको आर्सनललाई ३–२ गोल अन्तरले पराजित गरेको छ । रोमाञ्चक देखिएको खेलमा युनाइटेडले अन्तिम समयमा निर्णायक गोल गर्दै महत्वपूर्ण तीन अंक हात पार्यो ।
खेलको २९औँ मिनेटमा आर्सनलका डिफेन्डर लिसान्द्रो मार्टिनेजबाट भएको आत्मघाती गोलमार्फत युनाइटेडले अग्रता लिएको थियो । तर ३७ औँ मिनेटमा ब्रायन एम्बुएमोले गोल गर्दै खेल बराबरीमा ल्याए । दोस्रो हाफ सुरु भएको केही समयमै प्याट्रिक डोर्गुले ५० औँ मिनेटमा गोल गर्दै म्यानचेस्टर युनाइटेडलाई पुनः अग्रता दिलाए ।
८४औँ मिनेटमा मिकेल मेरिनोले गोल गर्दै आर्सनललाई खेलमा फर्काए पनि ८७औँ मिनेटमा म्याथियस कुन्हाले गरेको निर्णायक गोलले युनाइटेडको जित सुनिश्चित गर्यो ।
जितसँगै म्यानचेस्टर युनाइटेड ३८ अंक जोड्दै लिग तालिकाको चौथो स्थानमा उक्लिएको छ । पराजय बेहोरे पनि आर्सनल भने ५० अंकसहित तालिकाको शीर्ष स्थानमै कायम रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुनै शीर्ष नेतासँग भेटवार्ता भएको छैन : मुख्यमन्त्री आचार्य
-
काठमाडौँ–तराई द्रुतमार्ग निर्माणमा ढिलाइप्रति राष्ट्रियसभा सदस्यहरूको असन्तुष्टि
-
बाजुरामा जिप दुर्घटना हुँदा ९ जना घाइते
-
चालु आर्थिक वर्षमा संसद्मा कुन मन्त्रालयबाट कुन–कुन विधेयक दर्ता हुँदैछन् ?
-
विश्वकप जितको उत्सव मनाउने क्रममा स्पेनमा १३ वर्षीय बालकको मृत्यु
-
प्रदेश समीकरणबारे विश्वप्रकाश : प्रतिपक्षविहीन हुन नहुने बटमलाइन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण