हरिबोलको समर्थनमा झलनाथ : प्रचण्डलाई भने– अधिनायकवादी शैली नरोकिए पार्टी फुट्छ
सारांश
- झलनाथ खनालले हरिबोल गजुरेललाई पार्टीबाट निष्कासन गरेकोमा आपत्ति जनाएका छन्।
- उनले पार्टी संयोजक पुष्पकमल दाहालको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै तत्काल कारबाही फिर्ता लिन माग गरेका छन्।
- खनालले पार्टीमा अधिनायकवादी शैली हाबी भएको र सामूहिक निर्णयको अभाव रहेको आरोप लगाएका छन्।
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालले नेता हरिबोल गजुरेललाई पार्टीबाट निष्कासन गरेको घटनाप्रति कडा आपत्ति जनाएका छन् । सोमबार सामाजिक सञ्जालमा एक सन्देश लेख्दै उनले पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कार्यशैलीप्रति असन्तुष्टि पोखेका हुन् ।
खनालले गजुरेलजस्ता वरिष्ठ नेतालाई स्पष्टीकरणको मौकासमेत नदिई पार्टीबाट निष्कासन गर्नु आश्चर्यजनक र कठोर निर्णय भएको टिप्पणी गरेका छन् । पार्टी एकीकरणको घोषणा भएको लामो समय बितिसक्दा पनि नेतृत्वदायी कमिटी बन्न नसकेको र संस्थागत निर्णय प्रक्रिया विकास नभएको भन्दै उनले एकाध व्यक्तिको चाहनामा ठुला निर्णय हुन थालेको आरोप लगाएका छन् । पार्टीका अन्य घटकबाट आएका नेताहरूलाई जानकारी नै नदिई सञ्चारमाध्यमबाट कारबाहीको खबर सार्वजनिक गरिनु विधि र पद्धति विपरीत भएको उनको भनाइ छ ।
नेता खनालले गजुरेलमाथिको कारबाही तत्काल फिर्ता लिन र नेतृत्व तहमा रहेका नेताहरूको आकस्मिक बैठक बोलाउन संयोजक प्रचण्डसँग माग गरेका छन् । उनले किन यस्तो कदम चाल्नुपर्यो भन्ने विषयमा पार्टीभित्र गम्भीर समीक्षा र दोहोरो छलफल हुनुपर्नेमा जोड दिए । पार्टीमा अधिनायकवादी शैली हाबी भएको भन्दै उनले सामूहिक निर्णय र नेतृत्व प्रणाली स्थापित गर्न नसके पार्टी दुर्घटनामा जाने चेतावनी दिएका छन् ।
आगामी २०८२ सालको आम निर्वाचन नजिकिँदै गर्दा कम्युनिस्टहरूबिच नीतिनिष्ठ एकता आवश्यक रहे पनि नेतृत्वको कार्यशैलीले समस्या निम्त्याएको खनालको निष्कर्ष छ । उनले नेतृत्व नसच्चिए पार्टी एकीकरण भइनसक्दै विशृंखलतातिर जाने र फुट्ने खतरा रहेको स्पष्ट पारेका छन् । मुलुकविरुद्ध भित्री र बाहिरी षड्यन्त्र भइरहेको बेला पार्टीलाई संस्थागत बनाउनुको साटो व्यक्तिवादी निर्णय हाबी भएको भन्दै उनले आक्रोश व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खराब मौसमको कारण फ्रान्स र इराकबिचको दोस्रो हाफ सुरु हुन थप १५ मिनेट ढिलाइ
-
लगातार दोस्रो जिततर्फ फ्रान्सको पाइला: पहिलो हाफको समाप्तिमा इराकमाथि १–० को अग्रता
-
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
-
खतरनाक ‘हिट स्ट्रेस’ मा विश्वव्यापी वृद्धि
-
एम्बाप्पेको गोलमा इराकविरुद्ध फ्रान्सलाई सुरुवाती अग्रता
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण