‘अपरेसन सिन्दूर’ की चर्चित कर्नल सोफियालाई विशिष्ट सेवा पदक
सारांश
- राष्ट्रपति द्रौपदी मुर्मुले ७७औँ गणतन्त्र दिवसको अवसरमा ७० जनालाई वीरता पुरस्कार दिने घोषणा गरिन्।
- कर्नल सोफिया कुरैशीलाई 'अपरेसन सिन्दूर' मा पुर्याएको योगदानको लागि विशिष्ट सेवा पदक प्रदान गरिनेछ।
- पहिलो भारतीय अन्तरिक्ष यात्री ग्रुप क्याप्टेन शुभान्शु शुक्लालाई अशोक चक्र प्रदान गरिने भएको छ।
नयाँ दिल्ली । भारतको ७७औँ गणतन्त्र दिवसको पूर्वसन्ध्यामा राष्ट्रपति द्रौपदी मुर्मुले सशस्त्र बलका ७० जनालाई वीरता पुरस्कार दिने घोषणा गरेकी छन् । यस वर्षको विशिष्ट सेवा पदकका लागि ‘अपरेसन सिन्दूर’ मार्फत चर्चामा आएकी भारतीय सेनाकी कर्नल सोफिया कुरैशी छनोट भएकी छन् ।
कर्नल सोफियाले ‘अपरेसन सिन्दूर’ का क्रममा विङ कमान्डर व्योमिका सिंह र विदेश सचिव विक्रम मिसरीसँग मिलेर सैन्य कारबाहीका सूचनाहरू नियमित रूपमा मिडियालाई उपलब्ध गराएकी थिइन् । यही भूमिकाका कारण उनी चर्चामा आएकी थिइन् । राष्ट्रपति मुर्मुले उनीहरूको असाधारण बहादुरी र बलिदानको कदर गर्दै पुरस्कार स्वीकृत गरेकी हुन् ।
यसैगरी, अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस) मा जाने पहिलो भारतीय ग्रुप क्याप्टेन शुभान्शु शुक्लालाई अशोक चक्र प्रदान गरिने भएको छ । राष्ट्रपतिले उनीसँगै लेफ्टिनेन्ट जनरल धीरज सेठ र सेना, नौसेना तथा वायुसेनाका अन्य अधिकारीहरूलाई पनि सम्मान गर्ने निर्णय गरिन् ।
घोषणा गरिएका ७० जनामध्ये ६ जनालाई मरणोपरान्त सम्मान प्रदान गरिनेछ । गणतन्त्र दिवसको अवसरमा हरेक वर्ष भारतले आफ्ना सुरक्षाकर्मीहरूको अदम्य साहसलाई कदर गर्दै विभिन्न पदक प्रदान गर्ने गर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आन्तरिक राजस्व बढ्दा लुम्बिनी प्रदेशको आम्दानी २६ अर्ब नाघ्यो
-
महावीर पुनले भने : नवप्रवर्तन मन्त्रालयलाई बजेट धेरै भयो
-
तनहुँमा वन्यजन्तुको आक्रमणबाट ९ वर्षमा १७ बालबालिकाको गयो ज्यान
-
ठाउँ ठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री
-
दाेलखाकाे म्याग्नेसाइट उद्योग सञ्चालनका लागि सांसद रिजालको जोड
-
गण्डकी सरकार : ११ महिनामा १३ अर्बमात्रै खर्च, एक महिनामा सकिएला ६० प्रतिशत बजेट ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण