बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय

आइसीसी महिला टी–२० : आयरल्याण्ड सुपर सिक्समा

सोमबार, १२ माघ २०८२, १६ : ४०
सोमबार, १२ माघ २०८२

काठमाडौँ । आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट प्रतियोगिताअन्तर्गत आज भएको समूह चरणको खेलमा आयरल्याण्डले नामिबियामाथि सात विकेटको जित निकाल्दै सुपर सिक्समा प्रवेश गरेको छ ।

त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्दै नामिबियाले निर्धारित २० ओभरको खेलमा आठ विकेटको क्षतिमा १०७ रन बनायो । नामिबियाका लागि क्यालिन ग्रिनले ३२ तथा विल्का वाटिलले २८ रन बनाइन् । बलिङतर्फ आयरल्याण्डकी जेनी मागुयर र लारा एमब्राइडले तीन/तीन विकेट लिइन् ।

जवाफी ब्याटिङ गर्ने क्रममा आयरल्याण्डले १४ दशमलव दुई ओभरमा दुई विकेटको क्षतिमा ११० रन बनायो । आयरल्याण्डका लागि प्लेयर अफ दी म्याच ओर्ला प्रेनडरगस्टले ३९ र कप्तान ग्याबी लुइसले ३३ रनको योगदान दिइन् । नामिबिया विश्वकप छनोटको समूह चरणबाट बाहिरिएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप