बालेन शाहविरुद्ध निर्वाचन आयोगमा उजुरी, कारबाहीको माग
काठमाडौँ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले नेपाल एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गरी सामाजिक सञ्जालमा गरेको टिप्पणीबारे निर्वाचन आयोगमा उजुरी परेको छ ।
धर्मराज तिमिल्सिनाले दर्ता गराएको उजुरीमा शाहको अभिव्यक्तिले घृणा फैलाएको, तथ्यहीन आरोप लगाएको र निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै आवश्यक कारबाहीको माग गरिएको छ ।
एमाले अध्यक्ष ओलीले हालै सार्वजनिक रूपमा सबै राजनीतिक दलका प्रमुख नेताहरूबिच पारदर्शी, बौद्धिक र नम्रतामा आधारित विभिन्न डिबेटको प्रस्ताव राख्दै लोकतान्त्रिक अभ्यासलाई बलियो बनाउनुपर्ने अभिव्यक्ति दिएका थिए । त्यसको जवाफमा रास्वपाका वरिष्ठ नेता तथा झापा क्षेत्र नम्बर ५ का उम्मेदवार शाहले सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै ओलीलाई '७६ जना बच्चाको हत्यारा, आतंकवादी, देश जलाउने' जस्ता आरोप लगाएका थिए ।
उजुरीकर्ता तिमिल्सिनाका अनुसार शाहका यी अभिव्यक्ति लोकतान्त्रिक बहसको मर्मविपरीत, घृणा फैलाउने, मानमर्दन गर्ने, अपूर्ण आरोप लगाउने र निर्वाचन प्रक्रियामा नकारात्मक प्रभाव पार्ने खालका छन् । कुनै प्रमाण वा अदालतको निर्णयबिना सार्वजनिक रुपमा यस्ता गम्भीर आरोप लगाइनु स्वयंमा मानहानि, राजनैतिक प्रतिशोध र मतदाताको मानसिकता भ्रमित पार्ने कार्य भएको उजुरीमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दुई दिनमा १२१ अङ्क वृद्धि
-
शिक्षा–स्वास्थ्यमा लगाइएको कर र प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता लिन मकवानपुर कांग्रेसको माग
-
१८ वर्ष मुनिकालाई सदस्यता वितरणबारे रास्वपाले आयोगलाई पठायो जवाफ
-
लुम्बिनीका १०९ स्थानीय तहमध्ये डुडुवा मात्रै राष्ट्रिय भूमि आयोगको अन्तिम सूचनामा कसरी ?
-
प्रधानमन्त्री कार्यालयको स्वीकृतिबिना कर्मचारीको नयाँ दरबन्दी सृजना गर्न नपाइने
-
प्रधानमन्त्री र पुँजी बजार–बीमा क्षेत्रका सरोकारवालाबिचकाे छलफल सकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण