गाजामा बन्धक बनाइएका अन्तिम व्यक्तिको शव बरामद भएको इजरायलद्वारा घोषणा
काठमाडौँ । इजरायली सेनाले सोमवार इजरायल प्रहरीको कुलीन यासाम गस्ती इकाईका २४ वर्षीय सदस्य रान गभिलीको अवशेष फेला पारेको घोषणा गरेको छ । जो ७ अक्टोबर २०२३ मा मारिएका थिए र जसको शव गाजा पुर्याइएको थियो ।
यसैबीच, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले पत्रकारहरूलाई इजरायली सेना गभिलीको शव लिएर अन्त्येष्टिका लागि इजरायलतर्फ फर्किरहेको बताए । सेनाले एक विज्ञप्तिमा राष्ट्रिय फरेन्सिक मेडिसिन संस्थानद्वारा पहिचान प्रक्रिया पूरा भएपछि सार्जेन्ट फस्र्ट क्लास रान गभिलीको परिवारलाई जानकारी गराइएको उल्लेख गरेको छ ।
यो घोषणा इजरायलले गुप्तचर सूचनाको आधारमा उत्तरी गाजाको एक कब्रिस्तानमा गभिलीको अवशेष फेला पार्न ठूलो स्तरको अभियान शुरु गरेको एक दिनपछि आएको हो । हमासकाअनुसार संयुक्त राज्य अमेरिका, कतार र इजिप्टको मध्यस्थतामा अक्टोबर २०२५ मा लागू भएको युद्धविराम सम्झौताको पहिलो चरण अन्तर्गत सबै इजरायली वन्धकहरूलाई जीवित वा अवशेषका रूपमा फिर्ता गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोल्डेन बुटको रोमाञ्चक दौड : कसले मार्ला बाजी ?
-
रेकर्ड तोडेपछि क्लोजको प्रतिक्रिया : ‘मेस्सी नै सर्वकालीन उत्कृष्ट खेलाडी’
-
अल्जेरियाको शानदार पुनरागमन, जोर्डनलाई २–१ ले हराउँदै पहिलो जित दर्ता
-
सार्वजनिक सवारी दर्ता विवादमा समाधानको प्रयास, पुराना एलसी भएका सवारी दर्ता गर्न पाइने
-
धुलिखेल–खावा सडकमा असार १४ देखि टिपरलाई पूर्ण प्रतिबन्ध
-
दल परिवर्तन गर्ने जुम्ला, नवलपरासी र रुपन्देहीका तीन जनप्रतिनिधिको पद रिक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण