‘म्याड्रिडको फितुर मेला नेपालका लागि ऐतिहासिक अवसर’
सारांश
- फितुर २०२६ मा नेपालले बलियो उपस्थिति जनाउदै पर्यटन गन्तव्यको प्रचार गरेको छ।
- मेलामा पर्यटन सचिव निरौलाले अन्तर्राष्ट्रिय मञ्चको सदुपयोगमा जोड दिए भने सीईओ जोशीले नेपालको पर्यटन बारेमा बताए।
- नेपाली पर्यटन कम्पनीहरु र टुर अपरेटरहरु बीच व्यावसायिक छलफल हुनुका साथै सांस्कृतिक कार्यक्रमहरुले दर्शकलाई आकर्षित गरे।
म्याड्रिड । युरोपकै प्रतिष्ठित अन्तर्राष्ट्रिय पर्यटन मेला 'फितुर २०२६' मा नेपालले आफ्नो बलियो उपस्थिति जनाउँदै विश्व बजारमा नयाँ पहिचान बनाएको छ।
स्पेनको म्याड्रिडमा जनवरी २१ देखि २५ सम्म चलेको यस मेलाले नेपालको छवि मजबुत बनाउनुका साथै अन्तर्राष्ट्रिय साझेदारी र व्यापार विस्तारका लागि ऐतिहासिक ढोका खोलेको पर्यटन सचिव मुकुन्दप्रसाद निरौलाले बताएका छन्। पश्चिम युरोपेली बजारलाई लक्षित गरी नेपालले यसपटक रणनीतिक रूपमा आफ्ना पर्यटन गन्तव्यहरूको प्रचार गरेको हो।
नेपाल पर्यटन बोर्ड र नाट्टाको संयुक्त पहलमा सहभागी ३० वटा नेपाली पर्यटन कम्पनीहरूले मेलामा नेपाल पभेलियनमार्फत विशेष आकर्षण थपेका थिए। उद्घाटन समारोहमा बोल्दै सचिव निरौलाले यस्ता अन्तर्राष्ट्रिय मञ्चहरूको सदुपयोग गरेर मात्रै नेपालको पर्यटन प्रवर्द्धन सम्भव हुने उल्लेख गरे। नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपक जोशीले नेपाल ट्रेकिङ र हिमालका लागि मात्र नभई सांस्कृतिक विविधता, जैविक विविधता र दिगो पर्यटनका लागि पनि विश्वकै उत्कृष्ट गन्तव्य भएको सन्देश विश्वभर पुगेको दाबी गरे।
मेलाको विशेष कार्यक्रम 'नेपाल कनेक्ट' मा ५० भन्दा बढी अन्तर्राष्ट्रिय टुर अपरेटरहरूसँग नेपाली उद्यमीहरूले व्यावसायिक छलफल गरेका थिए। सो अवसरमा अन्तर्राष्ट्रिय सञ्चारमाध्यम, ब्लगर र इन्फल्युन्सरहरूको बाक्लो उपस्थिति थियो। नेपाल पभेलियनमा आयोजना गरिएका नेपाली सांस्कृतिक नृत्य र सङ्गीतले हजारौँ विदेशी दर्शकलाई मन्त्रमुग्ध पारेको थियो भने मलेसियाका कलाकारहरूले समेत नेपाली प्रस्तुतिमा साथ दिएर कार्यक्रमलाई थप रोचक बनाएका थिए।
यस वर्षको फितुर मेलामा विश्वका ६१ देशका करिब १० हजार कम्पनीहरूको सहभागिता रहेको थियो, जुन अघिल्लो वर्षको तुलनामा ५ प्रतिशतले बढी हो। विश्वभरका पर्यटन व्यवसायीहरूको यो महाकुम्भमा नेपालको सक्रिय सहभागिताले आगामी सिजनमा युरोपेली पर्यटकको सङ्ख्या उल्लेख्य रूपमा बढ्ने अपेक्षा गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपसभामुखको नेतृत्वमा ५ सदस्यीय संसदीय टोली चीन प्रस्थान
-
ब्राजिलको निरश विश्वकप बहिर्गमनपछि रोनाल्डोको मौनता तोडियो, नेयमारको भविष्यबारे गरे खुलासा
-
सुतेकै अवस्थामा कैदीको मृत्यु
-
अमेरिकी हवाई आक्रमणमा दक्षिणी इरानमा ३० भन्दा बढी सर्वसाधारण मारिए
-
करार कर्मचारी हटाउने तयारीको विरोधमा सिंहदरबारमा धर्ना (तस्बिरहरू)
-
इन्टर्न चिकित्सकको माग सम्बोधन गर्न नेपाल चिकित्सक सङ्घको आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण