राष्ट्रियसभामा दुई प्रतिवेदन पेस
सारांश
- राष्ट्रिय सभाको बैठकमा दुईवटा प्रतिवेदन पेश गरियो।
- चलचित्र विधेयक र संघीयता सबलीकरण सम्बन्धी प्रतिवेदनहरु पेश भए।
- बैठकमा चलचित्र क्षेत्रको विकास र पर्यटन प्रवर्द्धनबारे छलफल भयो।
काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकमा दुईवटा प्रतिवेदन पेस भएका छन् ।
आजको बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले ‘चलचित्र विधेयक, २०८१ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन’ पेस गरिन् ।
यस्तै सभामा ‘सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आर्थिक वर्ष २०८१÷८२ को वार्षिक प्रतिवेदन’ भएको छ । सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम गेल्जेन शेर्पाले उक्त प्रतिवेदन पेस गरे ।
चलचित्र विधेयकमाथिको समितिको प्रतिवेदन पेस गर्दै सभापति दाहालले चलचित्र क्षेत्रलाई सामाजिक, सांस्कृतिक र मनोरञ्जनात्मक उद्योगका रुपमा विकास गर्न, चलचित्रमार्फत देशलाई पर्यटन गन्तव्यको रूपमा अगाडि बढाउन, चलचित्र प्रदर्शन अघि जाँच गर्ने व्यवस्था तथा प्रवद्र्धन र नियमनका लागि यो कानुन महत्वपूर्ण रहेको बताए।
सभाको अर्को बैठक यही माघ १४ गते बुधबार अपराह्न १ः१५ बजे बस्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण