युवराज सफल पक्राउ
सारांश
- प्रहरीले युवराज पौडेल उर्फ युवराज सफललाई पक्राउ गरेको छ।
- उनलाई सामाजिक सञ्जालमा तथ्यहीन अभिव्यक्ति र गाली बेइज्जती आरोपमा पक्राउ गरिएको हो।
- अदालतले उनलाई ३ दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको छ।
काठमाडौँ । युवराज पौडेल उर्फ युवराज सफललाई प्रहरीले पक्राउ गरेको छ । उनलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।
सामाजिक सञ्जालमा तथ्यहीन अभिव्यक्ति र गाली बेइज्जती आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन कुमार भट्टराईले बताए ।
उनमाथि काठमाडौँ जिल्ला अदालतबाट ३ दिनको म्याद थपेर अनुसन्धान सुरु गरिएको छ ।
प्रहरीका अनुसार उनले महान्यायाधिवक्ताको कार्यालय र महान्यायाधिवक्ता सविता भण्डारीको बारेमा विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जाल मार्फत विभिन्न किसिमका नकारात्मक, अपशब्द, गाली गलौज, बेइज्जती तथा विभिन्न मुद्दामा रकम लेनदेन गरी फिर्ता लिने कार्य गरेको भनी बनाएका भिडियो र दिएका अन्तर्वार्तामा झूटो आरोप लगाएका थिए ।
उक्त भिडियोमा देखिएका युवराज सफल भन्ने युवराज पौडेललाई कानुन बमोजिम आवश्यक कारबाही गरिदिन भन्दै महान्यायाधिवक्ताको कार्यालयले माघ ८ गते प्रहरीलाई पत्राचार गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
दक्षिण कोरियाविरुद्ध दक्षिण अफ्रिकाको अग्रता, मसेकोको गोलले खेलमा रोमाञ्चक मोड
-
मेक्सिकोको दोस्रो प्रहार, चेक गणतन्त्र २–० ले पछि
-
चेक गणतन्त्रविरुद्ध मेक्सिकोको अग्रता, चाभेजको गोल
-
फिफाद्वारा एन्फा निलम्बित
-
रोनाल्डो र मेस्सीले अझै तोड्न नसकेको त्यो कीर्तिमान
-
डिभिजन वन कार्यालय रौतहटका प्रमुखको सरुवा कार्यान्वयन गर्न चुरे अभियानको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण