मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अख्तियारद्वारा वरिष्ठ इन्जिनियर आचार्यविरुद्ध आरोप पत्र दायर

मङ्गलबार, १३ माघ २०८२, २३ : ०२
मङ्गलबार, १३ माघ २०८२

सारांश

  • अख्तियारले भरतपुरका पूर्व इञ्जिनियर आचार्यविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।
  • आचार्यले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आरोप लागेको छ।

काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भरतपुर महानगरपालिकाका तत्कालीन वरिष्ठ इन्जिनियर (अधिकृत आठौँ तह) भरतकुमार आचार्यविरुद्ध मंगलबार विशेष अदालतमा आरोप पत्र दायर गरेको छ ।

आचार्यले पदीय मर्यादा विपरीतका कार्य गरी अकूत सम्पत्ति आर्जन गरेको आरोपमा मंगलबार विशेष अदालतमा आरोप पत्र दायर गरिएको जनाएको छ । आचार्यले सेवा अवधिमा आर्जन गरेको सम्पत्तिको स्रोत खुलाउन नसकेपछि गैरकानुनी सम्पत्ति आर्जन गरेको कसूरमा आरोप पत्र दायर गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।

उनका अनुसार आचार्य इन्जिनियर/राप तृतीय श्रेणी पदमा सेवामा प्रवेश गरेको २०४८ माघ ६ गतेदेखि २०८० असार ६ गतेसम्मको सम्पत्ति परीक्षण गरिएको थियो । परीक्षणका क्रममा रु छ करोड ७८ लाख ९१ हजार १५ बराबरको रकमको स्रोत खुल्न नसकेको पाइएकाले सोही बराबरको बिगो असूल गरी कारबाहीको माग गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप