अरिजीत सिंहले अब प्लेब्याक गायकका रूपमा नयाँ गीत नगाउने
बुधबार, १४ माघ २०८२, ०० : ४४
सारांश
- प्रसिद्ध भारतीय गायक अरिजीत सिंहले अब प्लेब्याक गायकका रूपमा नयाँ गीत नगाउने घोषणा गरेका छन्।
- उनले सामाजिक सञ्जालमार्फत नयाँ वर्षको शुभकामना दिँदै श्रोताहरूप्रति आभार व्यक्त गरे।
- अरिजीत सिंहको यो घोषणापछि सामाजिक सञ्जालमा चर्चा भइरहेको छ।
काठमाडौँ । प्रसिद्ध भारतीय गायक अरिजीत सिंहले अब प्लेब्याक गायकका रूपमा कुनै पनि नयाँ गीत नगाउने घोषणा गरेका छन् । उनले मंगलबार आफ्नो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राममार्फत यस्तो बताएका हुन् ।
अरिजीत सिंहले आफ्नो सन्देशमा नयाँ वर्षको शुभकामना दिँदै वर्षौँदेखि आफूलाई माया र समर्थन गर्ने सबै श्रोताहरूप्रति आभार व्यक्त गरेका छन् । उनले अब प्लेब्याक गायकको यात्रालाई यहीँ समाप्त गर्ने बताएका छन् ।
उनको यो घोषणापछि सामाजिक सञ्जालमा व्यापक चर्चा भइरहेको छ, किनभने पछिल्ला वर्षहरूमा बलिउडका धेरै हिट गीतहरू अरिजीत सिंहकै आवाजमा आएका छन् ।
अरिजीत सिंहले आफ्नो संगीत यात्रालाई ‘एक सुन्दर यात्रा’ भन्दै सबैलाई धन्यवाद दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतारको ग्यास प्रशोधन केन्द्रमा भएको विस्फोटमा मर्नेमा १२ जना भारतीय नागरिक
-
ठेक्कापट्टाको ढिलासुस्ती र ‘लो बिडिङ’ अन्त्य गर्ने गरी सार्वजनिक खरिद ऐन संशोधन गरिँदै
-
‘अमेरिकी कृषि उत्पादन किन्नु पर्ने इरानको कुनै बाध्यता छैन’
-
भक्तपुरमा ११ वर्षीया बालिकामाथि जबरजस्ती करणी
-
टर्की र बेलायत पठाइदिन्छु भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ
-
दिउँसो २ बजेदेखि रास्वपाको बन्दसत्र सुरु गर्ने निर्णय, यस्तो छ कार्यतालिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण