नागार्जुनमा मोटरसाइकल दुर्घटना हुँदा सैनिक जवानको मृत्यु
बुधबार, १४ माघ २०८२, ११ : ०२
सारांश
- काठमाडौंको नागार्जुनमा मोटरसाइकल दुर्घटना हुँदा एक सैनिक जवानको मृत्यु भएको छ।
- दुर्घटनामा बागमती प्रदेश ०२-०५४ प ०५५७ नम्बरको मोटरसाइकल चालक भिमराज तामाङको मृत्यु भयो।
- दुर्घटनामा अर्का एक जना घाइते भएका छन्, उनको मनमोहन अस्पतालमा उपचार भइरहेको छ।
काठमाडौँ । काठमाडौँको नागार्जुन नगरपालिका–८ स्थित फस्कुमा मोटरसाइकल दुर्घटना हुँदा सैनिक जवानको मृत्यु भएको छ । मंगलबार राति सितापाइलाबाट रामकोट जाँदै गरेको बागमती प्रदेश ०२–०५४ प ०५५७ नम्बरको मोटरसाइकल चालक भिमराज तामाङको मृत्यु भएको हो ।
नागार्जुन–८ बस्दै आएका तामाङको साथमा सैनिक जवानको परिचयपत्र भेटिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले रातोपाटीलाई बताए ।
तामाङले चलाएको मोटरसाइकल रामकोटदेखी सितापाइला आउँदै गरेको बा.प्रदेश–०२–००३ प ६७१६ नम्बरको मोटरसाइकलसँग ठोक्किएको थियो । सो मोटरसाइकल चालक सर्लाही घर भएर ललितपुर बस्ने २२ वर्षीय युवराज ठाकुर घाइते भएका छन्न । उनको मनमोहन अस्पतालमा उपचार हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण