शुक्रबार, १२ असार २०८३
ताजा लोकप्रिय

अफगानिस्तानमा मुसलधारे वर्षाले जनधनको क्षति

बुधबार, १४ माघ २०८२, १७ : ०३
बुधबार, १४ माघ २०८२

काठमाडाैँ । अफगानिस्तानमा हालैको भारी हिमपात र मुसलधारे वर्षाले ठूलो प्रकोप निम्त्याएको छ। सरकारी विवरण अनुसार कम्तीमा ६१ जनाको मृत्यु भएको छ भने ११० भन्दा बढी घाइते भएका छन्।

यो प्रकोपका कारण ४५८ घरहरु पूर्ण तथा आंशिक रूपमा ध्वस्त भएका छन् र राजधानी काबुल लगायत धेरै मार्ग र राजमार्गहरू बन्द भएका छन्।

स्थानीय प्रशासनका अनुसार हिमपात र वर्षाले संपर्क कटाएका कारण राहत कार्यहरूमा कठिनाइ भएको छ र आगामी दिनमा मृतक र घाइतेको संख्या अझ बढ्न सक्ने सम्भावना रहेको छ।

विपद् व्यवस्थापन प्राधिकरणले प्रभावित समुदायलाई तत्काल राहत प्रदान गर्न प्रयास गरिरहेको छ, तर अत्यधिक मौसमका कारण सहायता पुर्‍याउन कठिनाइ भएको बताइएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप