हिउँदे वर्षाले किसान उत्साहित
काठमाडौँ । लामो खडेरीपछिको हिउँदे वर्षा भएसँगै किसानहरू उत्साहित भएका छन् । मुलुकका अधिकांश क्षेत्र गएरातिदेखि छिटपुट तथा मध्यम वर्षा भएपछि लगाएको बालीनाली सप्रने र नयाँ बालीका लागि मलिलो हुने भएकाले किसानहरू हर्षित भएका छन् ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् ढकालका अनुसार न्यूनचापीय प्रणालीका कारण पश्चिमबाट प्रवेश गरेको मनसुनका कारण सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको अघिकांश स्थानमा वर्षा भएको छ । उक्त मनसुनी प्रणाली सक्रिय भएपछि हिमाली क्षेत्रमा हिमपात भएको छ ।
पछिल्लो २४ घण्टामा सुर्खेतको खानीखोला जलमापन केन्द्रमा सबैभन्दा बढी ४३ मिलिमिटर वर्षा भएको विभागले जनाएको छ । कर्णाली र लुम्बिनी प्रदेशमा अधिकांश स्थान र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा मध्यम वर्षा भएको छ ।
त्यस्तै, गण्डकी प्रदेशको तल्लो क्षेत्रमा हल्का मात्रै वर्षा भएको भने सो प्रणालीले अहिले बागमती प्रदेशको काठमाडौँ उपत्यका आसपासमा वर्षा गराइरहेको छ ।
यो प्रणाली कमजोर हुँदै उत्तरपूर्वतर्फ सर्दै गइरहेको विभागले जनाएको छ । कोशी प्रदेशमा सामान्य प्रभाव पर्ने र उत्तरी भेकमा हल्का हिमपात हुने अनुमान छ ।
कृषि विभागका उपमहानिर्देशक राजेन्द्र कोइराला देशका विभिन्न स्थानमा परेको वर्षा हिउँदे बालीका लागि ‘अमृत’ सरह हुने बताउँछन् । असिनाबिनाको पानीले अहिले खेती गरिएको तोरीको दाना पुष्टि हुने र गहुँ उत्पादन बढ्ने उनको भनाइ छ ।
यससँगै हिउँदे वर्षापछि फलफूल तथा बोटबिरुवामा नयाँ पालुवा पलाउने र त्यसले आगामी वर्ष उत्पादन वृद्धि गराउन योगदान पुर्याउने उपमहानिर्देशक कोइरालाले जानकारी दिए । वर्षासँगै हिमाली क्षेत्रमा भएको हिमपातले स्याउलगायतका खाद्य तथा नगदेबालीको उत्पादन बढ्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजमार्गमा भएका अतिक्रमण हटाउन निर्देशन
-
सर्वोच्च अदालतले इजलासको ‘लाइभ स्ट्रिमिङ’का लागि कार्यविधि बनाउँदै
-
विश्वकपको नकआउट समीकरण : अघिल्लो चरणमा पुग्न कसलाई कस्तो नतिजा आवश्यक छ?
-
साउनदेखि ट्राफिक कारबाहीमा कडाइ
-
नेपाली सेनासँग सशङ्कित, ‘सुपर पावर’ ले चलाएको सङ्केत
-
राजेन्द्र राईले भने, ‘नेतृत्वले भुइँतहको वास्तविकता सही रूपमा बुझ्न सक्नुपर्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण